काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाइतर समूहले क्रियाशील सदस्यको छानविन निष्पक्ष ढंगबाट गर्न दबाब दिएका छन्। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा पुगेर पौडेल पक्षका नेताहरूले देउवालाई दबाब दिएका हुन्।वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा महामन्त्री डा. शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोली बालुवाटार पुगेको थियो। यस्तै, सभापति देउवालाई पार्टी निर्वाचनलाई धाँधल