लुम्बिनीका एक सांसद एमालेबाट एकीकृत समाजवादीमा

रुपन्देही । पाल्पाबाट लुम्बिनी प्रदेश सभा सदस्य बनेकी रमा घर्तीले नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् । प्रदेश निर्वाचन आयोगको कार्यालय दाङ पुगेर मंगलबार घर्तीले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गाएकी हुन् । आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा उनले सनाखत गराएकी हुन् । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे घर्तीले खनाखत गरेको जानकारी […]

सम्बन्धित सामग्री

पाल्पामा पूर्वसांसद रायमाझी एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमाले पाल्पाका पूर्व जिल्ला अध्यक्ष एवं पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । रायमाझीले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचरणविपरीत अधिनायकवादी सोचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए ।विगतदेखि नै पार्टीमा चरम विकृति र विसङ्गति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको रायमाझीले उल्लेख गरे । रायमाझीले एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारीपूर्वक निभाउने बताएका छन

विवेकशील साझाको पाण्डे समूह एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूहले भेटवार्ता गरेको छ । बुधबार विवेकशील साझाका संयोजक पाण्डेको टोलीलाई अध्यक्ष नेपालले आफ्नो निवासमा बोलाएर आफ्नो पार्टीमा आउन आग्रह गरेका हुन् ।एकीकृत समाजवादीमा प्रवेश गर्ने विषयमा पाण्डेसँगै नेता केशव दाहाल, बागमती प्रदेशका सांसद रमेश पौडेल र नेता हरिश भट्टले अध्यक्ष नेपालसँग एक घण्टा लामो कुराकानी गरेका थिए । विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्रसँग संघीयता र धर्मनिरपेक्षाबारे सैद्धान्तिक मतभेद देखिएपछि

एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने

काठमाडौँ । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

प्रदेश सांसद एमालेबाट विभाजित, एकीकृत समाजवादीमा सहभागी

जिल्ला ब्यूरोकाठमाडौं, भदौ २३ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा ५४ जना प्रदेश सांसद खुलेका छन् । निर्वाचन आयोगले नयाँ दलको पक्षमा सनाखत गर्न दिएको समय सकिनु अघि एमालेका २ सय ३३ सांसद मध्ये ५४ जना प्रदेश सांसदले नेकपा एककिृत समाजवादी पार्टी रोजेका हुन् । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन […]

सुदूरपश्चिम प्रदेशसभामा एमालेभन्दा ठुलो बन्यो नेकपा एकीकृत समाजवादी

सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका एमालेका थप तीन सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् ।आइतबार दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको प्रदेश कार्यालय धनगढीमा पुगेर सनाखत गराएका हुन् ।राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा सामेल हुन चाहे भदौ २२ सम्म सनाखत गर्न समयसीमा तोकेको थियो । सोही अनुसार सुदूरपश्चिम प्रदेशसभामा रहेका

वाग्मती प्रदेशसभा सांसद मीना ज्ञावलीले रोजिन् एकीकृत समाजवादी

हेटौंडाः नेकपा एमालेकी वाग्मती प्रदेश सभा सदस्य मीना ज्ञावली नेपाल नेकपा(एकीकृत समाजवादी) तर्फ लागेकी छिन्। शुक्रबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उनले एकीकृत समाजवादीमा सनाखत गरेकी हुन्। ज्ञवालीले नेकपा एमाले छोडे सँगै  १३ जना प्रदेश सभा सदस्यहरु समाजवादीमा खुलेका छन्। यससँगै एमालेको सांसद संख्या ४३ पुगेको छ। अझै केहि प्रदेश सभा सदस्यहरु समाजवादीमा आउने समाजवादीकी…

एकीकृत समाजवादी रोजेका दुई सांसद एमालेको बैठकमा

प्रदेश २ मा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने भनेका २ जना सांसद एमालेको बैठकमा सहभागी भएका छन् ।प्रदेश २ मा एमालेबाट निर्वाचित १० सांसदले समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् । तर, एकीकृत समाजवादीमा सनाखत गर्ने सूचीमा रहेका २ जना प्रदेशसभा सदस्य शुक्रबार वीरगंजमा भईरहेको एमालेको प्रदेश कमिटी बैठकमा सहभागी भएपछि उनीहरु एमालेमै रहेको पुष्टि भएको हो ।प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ एकीकृत समाजवादी सनाखत गर्ने सुचीमा रहेका थिए । तर शुक्रबार वि

कर्णाली प्रदेशसभाका ३ सांसद एकीकृत समाजवादीमा

सुर्खेत- कर्णाली प्रदेशसभाका तीन एमाले सांसद नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन् ।प्रदेशसभामा रुकुम पश्चिमकी देवी ओली, मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकायाले बुधबार नेकपा एकीकृत समाजवादीको पक्षमा रहेको सुर्खेत स्थित निर्वाचन आयोगको कार्यालयमा आफ्नो सनाखत गराएका हुन् ।प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद देवी ओली र चन्द्रबहादुर शाही नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिमा समेत छन् […]

लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्तीले रोजिन् एकीकृत समाजवादी

लुम्बिनी प्रदेश सभाका नेकपा एमाले सांसद रमा घर्तीले एकीकृत समाजवादी पार्टी रोजेकी छन् । उनले मंगलवार निर्वाचन आयोगको कार्यालय दाङ पुगेर नेकपा एकीकृत समाजवादीमा सनाखत गरेकी हुन् । यससँगै लुम्बिनी प्रदेश सभामा दलको संख्या ६ पुगेको छ । उनी पाल्पाकी सांसद हुन् । यससँगै लुम्बिनी प्रदेशमा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ ।  जिल्ला निर्वाचन कार्यालय दाङ प्रमुख निमराज भट्टराईले १ जना माननीयले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी दिए । एमालेबाट विभाजन भई नेकपा एकीकृत समाजवादीले दल दर्ताको प्रमाण...