नन्कुन्नी धोबी र निर्मला कुर्मी मृत्यु तथा बेपत्ता प्रकरणबारे गठित छानबिन समितिले आइतबार कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले कार्यवाहक प्रधानमन्त्री खाँणलाई गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो ।