परापूर्वकालमा दमाईँ जातिको बसोबास भएकै कारण दमाईँ गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं २ का स्थानीयवासी बताउँछन् । प्राचीन समयमा दमाईँ जातिकै बसेबास भए पनि अहिले भने यहाँ दमाईँ जातिको बसोबास नभई मगर जातिको बसोबास रहेको स्थानीय समाजसेवी तीलबहादुर थापा मगर बताउछन् । समयले लामै कोल्टै फेर्दा अहिले भने दगाम गाउँको परिचय फेरिएको छ । यहाँका प्रत्येक घरमा भएको मौरीपालनले यो गाउँ यतिखेर मह गाउँका रुपमा चिनिन थालेको छ । गाउँलेले बर्सेनि मह उत्पादन गरी आयआर्जन बढाउ