मह जति स्वादिलो हुन्छ, उत्तिकै गुणकारी पनि । खासमा औषधिय गुणले भरिपूर्ण हुन्छ मह । त्यसैले त मान्छेले निर्धक्क मह खान्छन् । चाहे पाउरोटीमा दलेर होस् वा कागती पानीमा घोलेर । तर, बजारमा उपलब्ध सबैजसो मह शुद्ध हुँदैनन् । कतिपय मह त कृतिम ढंगले तयार गरिदो रहेछ, जुन स्वास्थ्यका लागि एकदमै हानिकारक हुने भयो । […]