म्याग्दीमा मह सिकार सुरु

म्याग्दी– जिल्लाका भीर पहरामा मह सिकार सुरु भएको छ । अन्नपूर्ण, रघुगङ्गा र धवलागिरि गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । अन्नपूर्ण गाउँपालिका–७ टिकोटका मह सिकारी दीपक पुनले मह सिकारका लागि दोसल्ले भीर आएको बताएका छन् ।  ‘बेँसीका भिरबाट सुरु हुने मह सिकार गर्दै असारमा लेकको पहाडमा पुग्छौँ’ उनले भने, ‘सातजनाको समूह मह सिकारका […]