काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेका छन्। सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन्। नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएपछि उनी आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सोमबार अपराह्न राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथ लिएका उनले […]