काठमाडौँ – सर्वोच्च बारका कानून व्यवसायीहरुले आज दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै सर्वोच्चका न्यायाधीशले इजलाश बहिस्कार गरिरहेका बेला बारले कालो पट्टी बाँधेर आन्दोलन गरेको हो । आइतबार पनि उनीहरुले प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालतमै विरोध प्रदर्शन गरेका थिए । अधिवक्ताहरुले कालो पट्टी बाँधेर जबराको राजीनामा […]