१ चैत २०३२ मा शुक्ला-८, तनहुँमा जन्मिएका प्रदीप पौडेलको बसोबास हाल काठमाडौंको बानियाँटारमा छ । सिद्धार्थ वनस्थली इन्स्टिच्यूटबाट एसएलसी, अमृत साइन्स क्याम्पस (अस्कल)बाट स्नातक र त्रिविबाट स्नातकोत्तर तह पूरा गरेका उनी नेपालका अन्य धेरै नेताजस्तै विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन् । पौडेल २०५३ सालमा अस्कल क्याम्पसको स्ववियु सभापति र २०६४ मा नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित […]