गत माघ २९ गते बिहान सदरमुकाम फिदिम बजारमा एउटै कुकुरले ९ जनालाई टोकेर घाइते बनायो । फागुन १ गते अर्को एउटा कुकुरले टोकेर फिदिम–४ मा एक ज्येष्ठ नागरिक सख्त घाइते भइन् । एकै बिहान ९ जनालाई टोकेको कुकुरलाई नेपाल प्रहरीको सहयोगमा पशु प्राविधिक र नगर प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षण गर्दा रेबिज संक्रमण पुष्टि भयो । यतिबेला कुकुरले टोकेका सबै जना चिकित्सकको निगरानीमा एन्टिरेबिज भ्याक्सिन लगाएर बसेका छन् ।