चीनमा रहेको विश्व स्वास्थ्य सङगठन (डब्लुएचओ)को टोलीको क्वारेन्टाइन अवधि बिहीबार सकिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरुले डब्लुएचओको टोलीको १४ दिने क्वारेन्टाइन अवधि सकिएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता झाओ लिजिनले दैनिक पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार क्वारेन्टाइनमा बसेको टोलीले अन्तर्राष्ट्रिय अभ्यास र मापदण्डको पालना गरेर क्वारेन्टाइन अवधि पुरा गरेको छ ।
“उहाँहरुका सवै गतिविधि वैज्ञानिक र स्वीकार्य मान्यता अनुसारका रहेका थिए, मानिसको जीवन र स्वास्थ्यलाई ध्यान दिएर गतिविधिहरु गरि...