युक्रेनसँगको तनाव जारी रहेको बेलामा रुसले बेलारुसमा आगामी १० दिनसम्म कडा युद्धाभ्यास शुरू गर्न लागेको छ ।
बेलारुसको सीमा पनि युक्रेनसँग जोडिन्छ र रुसको अभ्यास युक्रेन सीमा नजिक नै हुँदैछ ।
युद्धका विषयमा आफू गम्भीर रहेको सन्देश रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन र पश्चिमी मुलुकहरूलाई दिन खोजेको सुरक्षा विशेषज्ञहरूले चेतावनी दिएका छन् ।
यस अभ्यासमा रुसका ३० हजार सैनिक, एस–४०० एयर डिफेन्स सिस्टम र १२ वटा सुखोई–३५ फाइटर जेट तैनाथ गरिएको छ ।
रुसले यस विशाल अभ्यासका...