इन्टरनेटको गुणस्तरबारे अध्ययन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले उपसमिति गठन गरेको छ । इन्टरनेट सेवा प्रदायकहरूले सञ्चालन गरिरहेको सेवाको गुणस्तरबारे प्रश्न उठेको भन्दै प्राधिकरणले चार सदस्यीय उपसमिति गठन गरेको जनाएको छ । उपसमितिले प्राधिकरणमा आएका गुनासा अध्ययन गर्ने र सेवाग्राहीका अनुभवहरूसमेत बटुलेर प्रतिवेदन तयार पार्ने जिम्मा पाएको छ ।