राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप अभियानलाई व्यापक बनाई सम्पूर्ण नेपालीलाई खोपको सुनिश्चित गराउनुुपर्ने बताउनुभएको छ ।
चिकित्सा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुभएका १५ वरिष्ठ महिला चिकित्सकलाई शुक्रबार सम्मान गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेपाल चिकित्सक सङ्घले ‘वुमन इन मेडिसिन इन नेपाल २०२१’ अवार्डमार्फत महिला चिकित्सकहरूलाई सम्मान गरेको हो ।
राष्ट्रपति कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले विद्यमान स्वास्थ्य संस्थाहरूले कोभिड–१९ सङ्क्रमणमको चाप झेल्नुपरिरहेको भन्दै विज्ञान तथा प्रविधिको विकासका कारण नै कोरोनाविरुद्धको खोप उपलब्ध हुँदै गएको बताउनुभयो ।
कोरोना भाइरसका नयाँ प्रकारहरू देखापरिरहेको भन्दै उहाँले त्यसको सामना गर्न स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको भूमिका महìवपूर्ण हुने बताउनुभयो । राष्ट्रपति भण्डारीले कोरोना महामारीबाट नागरिकको रक्षा गर्दै जनजीवनलाई सामान्य अवस्थामा फर्काउन जतिसक्दो छिटो सबै नागरिकलाई खोप उपलब्ध गराउनुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले कोरोना महामारीसँग लड्न अग्रपङ्क्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्ने जनशक्तिको ठूलो सङ्ख्या महिला रहेको भन्नुहुँदै आफ्ना पारिवारिक र व्यक्तिगत प्राथमिकतालाई महìव नदिई महामारीविरुद्धको प्रतिकार्यमा लाग्ने सबै डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीहरूप्रति सम्मान प्रकट गर्नुभयो ।