म्याग्दीमा वर्षकै पहिलो हिमपात

म्याग्दी : हिमाली जिल्ला म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार साँझदेखि हिमपात भएको छ। जिल्लाका बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका माथिल्लो क्षेत्रमा हिमपात भएको हो।गुर्जा, मल्कबाङ, कुइनेमंगले, लुलाङ, चिमखोला, ठाडाखानी, कुइनेखानी, नाँगी, शिख लगायतका बस्तीमा हिमपात भएको हो। जिल्लाको मुख्य पर्यटकीय स्थल पुनहिल, घोडेपानी, खोप्रा, खयरलेक, मोहरेडाँडा, टोड्के, गाम्फाधुरीर भेडिओढार लगायत ठाउँमा समेत हिमपात भएको स्थानीयवासीले बताएका छन्।वर्षासँगै हिमपात भए

सम्बन्धित सामग्री

कालिञ्चोकमा हिमपात, होटल व्यवसायी र किसान उत्साहित

प्रसिद्ध तीर्थस्थल दोलखाको कालिञ्चोक क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको छ। यो वर्षकै पहिलोपटक हिमपात भएपछि दोलखाका उच्च हिमाली क्षेत्रका किसान र कुरी उपत्यकाका होटल व्यवसायी खुसी भएका हुन् । हिमपातले चिसो...

रारामा वर्षकै पहिलो हिमपात

रारामा यो वर्षकै पहिलो हिमपात भएको छ । सोमबार मध्याह्नदेखि मौसममा बदली भइ रातिबाट हिमपात भएको हो ।

साेलुखुम्बुकाे नाम्चेमा याे वर्षको पहिलो हिमपात, लुक्लामा दुई दिनदेखि उडान ठप्प

काठमाण्डाै – सोलुखुम्बुको नाम्चेसहितका क्षेत्रमा यस वर्षकै पहिलो हिमपात भएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेसहित खुम्जुङ, त्याङबोचे, फेरुचे लगायतको क्षेत्रमा शुक्रबारबाटै सामान्य हिमपात सुरु भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । कार्यालयका अनुसार हिजो बिहानबाट सुरु भएको हिमपात अहिले पनि सामान्य रुपमा जारी रहेको छ । हिमपातसँगै खुम्बुमा अत्याधिक चिसोको महसुस गरिएको स्थानीयले बताएका छन् ।  खुम्बुको चारैतिर कुहिरोले घेरिएको छ भने मौसम प्रतिकूलताका कारण दुई दिन यता क...

हुम्लामा वर्षकै ठूलो हिमपात,  तापक्रम माइनस १२ भन्दा तल

शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ ।  एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ ।हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए । उनले भने “यस वर्षकै ठूलो हिमपात भयो ।  घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन् ।

बैतडीमा यो वर्षकै पहिलो पटक हिमपात

बैतडी – बैतडीका उच्च लेकाली भेगमा भारी हिमपात भएको छ । हिमपात अहिले पनि जारी छ । बैतडीमा यो वर्ष पहिलो पटक हिमपात भएको हो । पाटन नगरपालिकाको खोड्पे, अनारखोली, सुर्नया गाउँपालिकाको ढोल्यामोड, श्रीभाबर, सतबाँझ, बाँजपानी, सिगास गाउँपालिकाको गर्जे, बुरुसे, चौखाम लगायतका ठाउँमा मंगलबार राति देखि हिमपात भइरहेको हो । हिउँ पर्न थालेसँगै चिसो बढेकाले […]

दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात

दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा शुक्रवार दिउँसोदेखि हिउँ पर्न शुरू भएको छ ।  कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भूभागमा सामान्य वर्षासहित हिमपात शुरू भएको हो । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै दोस्रो पटक शुक्रवार दिउँसोदेखि हिमपात शुरू भएको कालिञ्चाकका होटल व्यवसायी हरी ओलीले बताए ।   हिउँ खेल्नका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात शुरू भएसँगै व्यवसायी उत्साहित भएका छन् । हिउँ पर्ने मुख्य याम शुक्रवारदेखि शुरू भएको हिमपात केही दिनसम्म रहन सक्न...

दोलखाको कालिन्चोक क्षेत्रमा हिमपात

दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा आज दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात शुरु भएको हो । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै दोस्रो पटक आज दिउँसोदेखि हिमपात सुरु भएको कालिञ्चाकका होटल व्यवसायी हरी ओलीले बताए । हिउँ खेल्नका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात शुरु भएसँगै व्यवसायी उत्साहित भएका छन् । हिउँ पर्ने मुख्य यामअनुसार आजदेखि सुरु भएको हिमपात केही

साेलुखुम्बुमा यस वर्षकाे पहिलाे हिमपात

सोलुखुम्बु सोलुखुम्बुको माथिल्लो क्षेत्रमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । साेलुखुम्बुकाे खुम्बु क्षेत्र, पत्ताले, पिके डाँडासहितका क्षेत्रमा मङ्गलबार हिमपात भएको स्थानीयले बताएका छन् । खुम्बुको नाम्चे, खुम्जुङसहितका क्षेत्रमा बिहानैदेखि हिमपात हुन थालेको नाम्चेका लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।उहाँका अनुसार नाम्चे बजारमा केही समय अघिदेखि हिमपात सुरु भएको छ भने थामे, त्याङबोचे, कोङदे, खुम्जुङलगायतका क्षेत्रमा गए रातिदेखि नै हिमपात भइरहेको छ । खुम्बुको तल्लो भेगमा हिउँ परिरहेको छ भने नाम्चे, लुक्लालगायतका ठाउँबाट देख...