काठमाण्डाै – सोलुखुम्बुको नाम्चेसहितका क्षेत्रमा यस वर्षकै पहिलो हिमपात भएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेसहित खुम्जुङ, त्याङबोचे, फेरुचे लगायतको क्षेत्रमा शुक्रबारबाटै सामान्य हिमपात सुरु भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।
कार्यालयका अनुसार हिजो बिहानबाट सुरु भएको हिमपात अहिले पनि सामान्य रुपमा जारी रहेको छ । हिमपातसँगै खुम्बुमा अत्याधिक चिसोको महसुस गरिएको स्थानीयले बताएका छन् । खुम्बुको चारैतिर कुहिरोले घेरिएको छ भने मौसम प्रतिकूलताका कारण दुई दिन यता क...