काठमाडौं, पुस १३ । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच आज पार्टी एकता हुँदै छ । प्रर्दशनी मार्गस्थित राष्ट्रिय सभागृहमा मध्यान्ह साढे १२ बजे दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो । एकता कार्यक्रममा जनवादी पार्टी नेतृत्व गरिरहेका देवेन्द्रसिंह महता र समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।