काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि विरोध प्रदर्शन गरेको छ। राप्रपाका भ्रातृ संगठनहरूले एमसिसीको विवादास्पद र राष्ट्रहित विपरीतका प्रावधान खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका हुन्। राप्रपाको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए। प्रशासनिक दमन निन्दनीय रहेको उल्लेख गर्दै उनले त्यसको भत्सर्ना गरेका छन्। एमसिसी संसद्मा पेश नगर्न