गण्डकीमा पनि माओवादीले लियो समर्थन फिर्ता

पोखरा- गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । बुधबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । माओवादीले दिएको समर्थन फिर्ता […]

सम्बन्धित सामग्री

गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको माओवादी केन्द्र गण्डकी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।  गण्डकीमा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा छ । माओवादीले समर्थन फिर्ता लिने भएपछि मुख्यम...

गण्डकीमा माओवादीले लियो सरकारबाट समर्थन फिर्ता

पोखरा। गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। गण्डकी प्रदेश माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। समर्थन फिर्तासँगै दुई मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन्।

गण्डकीमा जनमोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

पोखरा । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन राष्ट्रिय जनमोर्चाले फिर्ता लिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएपछि जनमोर्चाले उनको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । यही वैशाख १ गते जनमोर्चाको केन्द्रीय बैठकले गण्डकी र लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि गण्डकीम...

गण्डकीमा जनमोर्चाद्वारा सरकारको समर्थन फिर्ता

पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकीमा उक्त पार्टीका तीन सांसद छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिइसकेका छन् । उनीमाथि दर्ता भएको अविश्वास प्रस्तावमाथि आज मतदान गर्ने कार्यसूची थियो । गण्डकीमा सरकार बनाउन जनमोर्चा निर्णायक मानिएको छ । यही वैशाख...

केन्द्रको अराजकता हटाउन सक्रिय छु : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा देखिएको अराजकता हटाउन आफू लागिपरेको बताएका छन्। आज शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, “गण्डकीमा समर्थन फिर्ता लिइसकेका छौं, अब लुम्बिनीमा पनि बहुमतको हस्ताक्षर पुगिसकेको छ, केन्द्रको अराजकता हटाउन छलफलमा छु।” अहिले पनि बाम लोकतान्त्रिक पक्षको एकतामा मेरो जोड रहेको बताए।

अविश्वासको प्रस्ताव आउने डरले गण्डकीमा रातारात प्रदेशसभा अधिवेशन अन्त्य

काठमाण्डाै - मुख्यमन्त्री अल्पमतमा परेपछि गण्डकी प्रदेशको प्रदेशसभा अधिवेशन रातारात अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गएराति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको छ । हिजो राष्ट्रिय जनमोर्चाले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेपछि सरकार अल्पमतमा परेको थियो । माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी रहेकामा मध्यरातमै अधिवेशन अन्त्य गरिएको हो । ६० जना...

गण्डकीमा जनमोर्चा- समर्थन फिर्ता लिएका छैनौँ: कृष्ण थापा

गोरखा : गण्डकी प्रदेशमा १२ सदस्यीय सांसद रहेको माओवादी केन्द्रले गत बुधबार सरकारबाट आफ्ना २ मन्त्रीलाई राजीनामा दिन लगाएर सरकारबाट बाहिरियो। सरकारबाट बाहिरिए पनि हालसम्म समर्थन भने फिर्ता लिइसकेको भने छैन। माओवादीले समर्थन फिर्ता लिइहाले पनि जनमोर्चाले कायमै राख्ने भएकाले गण्डकी प्रदेश सरकार नढल्ने कुरामा मुख्यमन्त्री गुरुङ ढुक्क देखिन्थे। तर, वैशाख १ गते बुधबार (आज) जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले ‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ। त्यसका क्रियाकलापहरूले पनि प्रतिगमनलाई मद्दत पुग्छ। ...