गोरखा : गण्डकी प्रदेशमा १२ सदस्यीय सांसद रहेको माओवादी केन्द्रले गत बुधबार सरकारबाट आफ्ना २ मन्त्रीलाई राजीनामा दिन लगाएर सरकारबाट बाहिरियो। सरकारबाट बाहिरिए पनि हालसम्म समर्थन भने फिर्ता लिइसकेको भने छैन।
माओवादीले समर्थन फिर्ता लिइहाले पनि जनमोर्चाले कायमै राख्ने भएकाले गण्डकी प्रदेश सरकार नढल्ने कुरामा मुख्यमन्त्री गुरुङ ढुक्क देखिन्थे।
तर, वैशाख १ गते बुधबार (आज) जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले ‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ। त्यसका क्रियाकलापहरूले पनि प्रतिगमनलाई मद्दत पुग्छ। ...