गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान : नियमित उडान बिहान बेलुकाबाहेक ठप्प

काठमाण्डाै - भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान अर्थात 'क्यालिब्रेशन फ्लाइट' सुरु हुँदैछ । परीक्षण उडानका क्रममा उडानसँग सम्बन्धित सबै उपकरणको जाँच हुनेछ । क्यालिब्रेशन फ्लाइट सुरु भएसँगै भैरहवा विमानस्थलको अरु उडान दिनभर ठप्प हुनेछ । निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध विमानस्थलको परीक्षणका लागि एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाइ) ले उडान सुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । क्यालिब्रेशन फ्लाइटका क्रममा बिहान १० बजेदेखि बेलुका साढे पाँच बजेसम्म भैरहवा व...

सम्बन्धित सामग्री

दाङ विमानस्थलमा सिता एयरले परीक्षण उडान भर्ने

तुलसीपुुर । दाङको टरिगाउँ एयरपोर्टमा सिता एयरले परीक्षण उडान भर्ने भएको छ । निजी कम्पनीको विमान सिता एयरले पहिलो चरणमा शुक्रबार ११ बजे परीक्षण उडान भर्ने दाङ विमानस्थलका ट्राफिक कन्ट्रोलर गणेश अर्यालले जानकारी दिए । परीक्षण उडानका लागि क्यानबाट अनुमति लिएर एयरपोर्टमा जानकारी आएको कन्ट्रोलर अर्यालले बताए । परीक्षण उडान सफल भएमा नियमित उडान भर्ने […] The post दाङ विमानस्थलमा सिता एयरले परीक्षण उडान भर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रेसुंगा विमानस्थलमा २४ पुसमा हुने भयो ‘डेमो’ उडान

१० पुस, काठमाडौं । गुल्मीमा निर्माण सम्पन्न भएको रेसुंगा विमानस्थलमा आगामी २४ पुस (जनवरी ८) मा ‘डेमो’ उडान हुने भएको छ । यो विमानस्थलमा परीक्षण उडान यसअघि नै भइसकेको छ । अब नियमित उडान गर्ने प्रयोजनसहित २४ पुसमा डेमो उडानको तयारी थालिएको हो । यहाँ तारा एयरले डेमो तथा नियमित उडानको तयारी गरिरहेको छ । […]

सुर्खेत विमानस्थलमा एटिआर जहाजको परीक्षण उडान, बुद्धले थप दुई जहाज भित्र्याउँदै

कर्णाली प्रदेशको राजधानीमा अवस्थित सुर्खेत विमानस्थमा ७२ सिट क्षमताको एटिआर–७२ जहाजले परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत काठमाडौँबाट सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो । सुर्खेत विमानस्थलमा सफल परीक्षण उडान भएको र उक्त उडानको प्रतिवेदनपश्चात् आगामी जनवरीदेखि नियमित उडान गर्ने बुद्ध एयरका वरिष्ठ कार्यकारी […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ । जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार जजिराले दैनिक एक नियमित उडान गर्नेगरी निवेदन दिएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत सिधा उडान गर्नेछ । जजिराले हाल काठमाडौँमा समेत नियमित उडान गरिरहेको छ ।हालै यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको गौतमबुद्ध विमानस्थलमा आगामी वैशाख १ गते नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले परीक्षण उडान गर्नेछ । उपमहानिर्देशक कर्णले गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते परीक्षण उडान भएपछि वैशाख ७ गतेबाट व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरिने जानकारी दिए । उनले व्यावसायिक उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पनि बताए ।

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ ।नेपाल वायुसेवा निगमको ट्विन अटर जहाजले सकुशल अवतरण गरी सफल परीक्षण उडान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा परीक्षण उडान गरिएको निगमले जनाएको छ ।उक्त परीक्षण उडानको प्रतिवेदन तयार भएपछि सुरक्षाका सम्पूर्ण सिफारिसहरू अवलम्बन गर्ने गरी निगमले नियमित उडान सञ्चालनको प्रक्रिया पनि […]

इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न

माघ २६, काठमाडौं । इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । नेपाल एयरलाइन्सको ट्विनअटर (नाइनएन एबीटी) विमानबाट परीक्षण उडान भएको हो ।   काठमाडौं अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ९ बजेर ५ मिनेटमा उडी इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बिहान १० बजेर २ मिनेटमा सकुशल अवतरण गरी सफल परीक्षण उडान सम्पन्न भएको नेपाल वायुसेवा निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  उक्त परीक्षण उडान गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निर्देशन दिएका थिए । उक्त परीक्षण उडानको प्रतिवेदन तयार भए पश्चात सुरक्षाका सम्पूर्ण सिफारिसहरु अवलम्बन गर्ने गरी निगमले नियमित उडान सञ्चालनको तयारीको प्रक्रिया अघि बढाउने समेत जानकारी दिएको छ ।

वायुसेवा निगमले गर्‍यो सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान

नेपाल वायुसेवा निगमले बुधवार इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान गरेको छ ।  निगमका अनुसार ट्वीनअट्टर (९ एन एबीटी) विमानले सफल परीक्षण उडान गरेको हो ।  ९ बजेर ५ मिनेटमा काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सो विमान १० बजेर २ मिनेटमा सकुशल अवतरण गरेको हो ।  निगमले अब सुरक्षाका सम्पूर्ण सिफारिसहरू अवलम्बन गर्ने गरी नियमित उडान सञ्चालन तयारीको प्रक्रिया अघि बढाउने जानकारी दिएको छ ।

सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान

इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो । इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो । आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ ।नियमित उडान हुनुअघि विमानस्थलमा आज मौसम अनुकूल भए नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जीनियर विनायक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थल कालोपत्र भएपछि

गौतमबुद्ध विमानस्थल परीक्षण उडानको प्रतिक्षामा(फोटो फिचर)

३ माघ,बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) का लागि तयार भएको छ । पटक–पटक म्याद थप्दै यसअघि सन् २०२० को शुरुमा नियमित उडान गर्ने भनिएको यो विमानस्थलमा कोरोना महामारीका कारण उपकरण जडानमा ढिलाई भएकाले परीक्षण उडानमा ढिलाइ भएको हो । तर अहिले सबै उपकरणहरु जडान भइसकेकाले परीक्षण उडानका लागि तयारी अवस्थामा रहेको […]

सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान सुरु

निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौं–सुर्खेत विमानस्थलमा परीक्षण उडान सुुरुवात गरेको छ । काठमाडौं–सुर्खेत सिधा परीक्षण उडान सुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले सेवा सुरु गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले जानकारी दिए ।“चालक भरतसिंह थापाको नेतृत्वमा जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको हो”, उनले भने, “अब नियमित उडान गर्दा […]