इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो । इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो । आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ ।नियमित उडान हुनुअघि विमानस्थलमा आज मौसम अनुकूल भए नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जीनियर विनायक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थल कालोपत्र भएपछि