नेपाल वायुसेवा निगमले बुधवार इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान गरेको छ ।
निगमका अनुसार ट्वीनअट्टर (९ एन एबीटी) विमानले सफल परीक्षण उडान गरेको हो ।
९ बजेर ५ मिनेटमा काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सो विमान १० बजेर २ मिनेटमा सकुशल अवतरण गरेको हो ।
निगमले अब सुरक्षाका सम्पूर्ण सिफारिसहरू अवलम्बन गर्ने गरी नियमित उडान सञ्चालन तयारीको प्रक्रिया अघि बढाउने जानकारी दिएको छ ।