तीन वटा विमान चार्टर गरी भियतनामी पर्यटक नेपाल घुम्न आउँदै

नेपालमा एकै पटक धेरै संख्यामा भियतनामी पर्यटक घुम्न आउने भएका छन्। तीन वटा विमान चार्टर गरेर भियतनामी पर्यटक नेपाल घुम्न आउन लागेका हुन्।

सम्बन्धित सामग्री

विमान चार्टर गरेर पर्यटक आगमन

हिमालय एअरलाइन्सको एअरबस ३२० जहाज चार्टर गरेर भियतनामबाट २२५ भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्।...

विमान चार्टर गरेर पर्यटक आगमन

हिमालय एअरलाइन्सको एअरबस ३२० जहाज चार्टर गरेर भियतनामबाट २२५ भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्।...

३ जहाज चार्टर गरेर भियतनामी पर्यटक नेपाल आउने

३ वटा विमान चार्टर गरेर भियतनामी पर्यटकले नेपाल भ्रमण गर्ने भएका छन् । अक्टोबर २१, २५ र २९ मा हिमालय एयरलाइन्सका एयरबस ए–३२० विमान चार्टर गरेर भियतनामबाट पर्यटक आउने भएका हुन् ।

तीन वटा विमान चार्टर गरी भियतनामी पर्यटक नेपाल घुम्न आउँदै

नेपालमा एकै पटक धेरै संख्यामा भियतनामी पर्यटक घुम्न आउने भएका छन्। तीन वटा विमान चार्टर गरेर भियतनामी पर्यटक नेपाल घुम्न आउन लागेका हुन्।

३ वटा चार्टर्ड उडानमार्फत भियतनामका पर्यटक नेपाल आउँदै - NepaliPatra

काठमाडौंँ । नेपालको पर्यटन इतिहासमा पहिलो पटक भियतनामबाट एकैपटक ठूलो संख्यामा पर्यटक नेपाल आउने भएका छन् । यो भ्रमणको व्यवस्थापन गरिरहेको कम्पनी रुप्से होलिडेजका अनुसार तीन दिनको अवधिमा जहाज चार्टर्ड गरी एकै पटक ठूलो संख्यामा भियतनामी पर्यटक नेपाल आउन लागेको हो । कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार तीन वटा विमान चार्टर गरेर भियतनामी पर्यटकले […]

पर्यटन बढाउन छिमेकीतिर हेरौं

नेपालले छिमेकी मुलुक भारत, चीन र श्रीलंकाबाट पर्यटक ल्याउने कार्यक्रमलाई बढी प्राथमिकता दिएको छ भने तुलनात्मक रूपमा पाकिस्तान र बंगलादेशलाई कम प्राथमिकता । यद्यपि त्यहाँ पर्यटन प्रवर्द्धनका कार्यक्रम नै नभएका भने होइनन् । त्यहाँका पर्यटकले नेपाल आउन खासै रुचि नराख्ने सोचाइ रहेकाले यसो भएको हुन सक्छ । तर, पछिल्लो समय बंगलादेशबाट विमान चार्टर गरी ठूलो संख्यामा बंगलादेशीहरू नेपाल आएकाले यसले सम्भावनाको नयाँ ढोका खोलेको छ । अब पर्यटन व्यवसायी, सरकार र पर्यटन बोर्डले नयाँ रणनीतिले काम गर्नुपर्ने देखिएको छ ।  शुक्रवार २०० भन्दा बढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आयो । उनीहरूको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगे । पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजासहित स्थानीय पहिचान झल्कने नाचगान गरिएको थियो । बंगलादेशबाट पहिलोपटक एकसाथ यति धेरै पर्यटक नेपाल आएको मानिन्छ । शुक्रवार र शनिवार गरेर बंगलादेशबाट करीब ७०० पर्यटक बिदा मनाउन नेपाल आएको बताइन्छ । पछिल्लो ३ वर्षयता बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या बढिरहेको पाइन्छ ।  बंगलादेशी पर्यटक यसरी आउनु निकै सकारात्मक भए पनि तिनको रुचिअनुसार पर्यटन प्याकेज बन्यो कि बनेन भनेर हेर्नुपर्ने हुन्छ । बंगलादेशीहरूका लागि नेपाल सस्तो गन्तव्य हो । नेपालको प्राकृतिक सौन्दर्य र साहसिक खेलहरूमा भने उनीहरू मजाले रम्न सक्छन् । चीनबाट बौद्ध पर्यटक ल्याउने भने पनि नेपालको प्राकृतिक सौन्दर्यकै कारण उनीहरू नेपाल आइरहेका छन् । तर, उनीहरूले यहाँ आएर गर्ने पर्यटकीय गतिविधि भने निकै कम छन् । साहसिक खेलमा चिनियाँहरूको रुचि छ । तर, त्यसअनुसार प्रडक्ट भने नेपालले ल्याउन सकेको छैन । बंगलादेशी पर्यटकहरू पनि त्यस्तै हुन् । त्यसैले नेपाली पर्यटनलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता यसले देखाएको छ । नेपालको भौगोलिक बनोटका कारण पर्वतीय पदयात्राका लागि धेरै भन्दा धेरै पर्यटक आइरहेका छन् । बंगलादेशी पर्यटकमा त्यस्तो सोख नहुन सक्छ । त्यसो हुँदा उनीहरूको खास रुचि के मा छ भन्ने बुझेर त्यसअनुसार प्रडक्ट बनाउन सक्यौं भने बंगलादेश हाम्रा लागि दिगो पर्यटन बजार बन्न सक्छ ।  बंगलादेशी पर्यटकले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको प्रतिक्रिया दिएको पाइन्छ । बंगलादेशले नेपाललाई घुम्नको लागि प्राथमिकतामा राखेको छ । हिमाल, स्थानीय खाना, स्थानीय संस्कृतिप्रति उनीहरूको आकर्षण रहेको देखिन्छ । त्यसो त नेपालीहरूले बंगलादेशमा पर्यटक प्रवर्द्धनका कार्यक्रम गर्दै नगरेको भने होइन । नेपालका १४ वटा टुर अपरेटरले बंगलादेशका ६० भन्दा बढी पर्यटन व्यवसायी र सञ्चारकर्मीलाई पर्यटनसँग सम्बद्ध आकर्षक प्याकेजबारे जानकारी गराएका थिए । त्यसै गरी नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय गन्तव्य तथा नेपालमा उपलब्ध पर्यटकीय सुविधाका बारेमा सूचना तथा ढाकास्थित नेपाली राजदूतावासले बंगलादेशी पर्यटकका लागि सहजरूपमा प्रवेशाज्ञा उपलब्ध हुने बारेमा जानकारी गराएको थियो । कोभिडबाट प्रभावित पर्यटनलाई पुनर्जीवित गर्ने क्रममा भएका यी कार्यक्रमको परिणति नै हुन सक्छ अहिले भएको बंगलादेशी पर्यटकको आगमन ।  बंगलादेशलाई आर्थिक रूपमा एशियाली टाइगर मानिन्छ । दक्षिण एशियाका मुलुकमध्ये सबैभन्दा बढी आर्थिक वृद्धिदर भएको बंगलादेशमा अन्तरराष्ट्रिय पर्यटनको माग बढ्दै गएको देखिएको छ ।  प्रतिवर्ष त्यहाँ औसतमा ७ प्रतिशतभन्दा बढीले विदेश घुम्न जानेको संख्या बढिरहेको छ । गतवर्षमात्रै २० लाखभन्दा बढी पर्यटकले छिमेकी मुलुक भ्रमण गरेको पाइन्छ । बंगलादेशमा हरेक ३ वर्षमा सरकारी र अर्ध सरकारी संस्थाहरूले १ महीनाको तलबसहित २ हप्ता पर्यटन बिदा दिने गरेका छन् । स्रान्ति विनोदोन नाम राखिएको यस कार्यक्रमका लागि विशेष भत्ताको व्यवस्था गरेर सरकारले आफ्ना नागरिकलाई देशभित्र वा बाहिर घुम्न जान प्रोत्साहित गरेको छ । यी पर्यटक भारत, थाइल्यान्ड, मलेशिया र सिंगापुरमा घुम्न जाने गरेको पाइन्छ । त्यता जाने पर्यटकलाई नेपाल ल्याउन सकियो भने बंगलादेश राम्रो पर्यटक बजार बन्न सक्छ ।  नेपाल नजिकको गन्तव्य भएको, नेपाल र नेपालीहरूको छवि बंगलादेशमा अत्यन्त राम्रो रहेकाले नेपाल भ्रमणका लागि बंगलादेशीको गहिरो चासो र उत्सुकता रहेको छ भन्न सकिन्छ । बंगलादेशको कुल गार्हस्थ्य उत्पादन सन् २०२१–२०२२ मा ६.४ प्रतिशतले वृद्धि भएको छ । यो दक्षिण एशियाली मुलुकमध्ये सबैभन्दा उच्च आर्थिक वृद्धिदर मानिन्छ । आर्थिक वृद्धिसँगै नागरिकको खर्च गर्न सक्ने सामथ्र्य पनि बढेको छ । त्यसैले अहिले उनीहरूबीच घुम्न जाने संस्कृति बढ्न थालेको छ । विदेश भ्रमणका लागि सस्तो र नजिकको गन्तव्य नेपाल नै हो । ढाकाबाट काठमाडौंका लागि सीधा हवाई सेवा उपलब्ध छ । त्यस्तै नेपालमा बेला बेलामा भएका बंगलादेशको उत्पादनको प्रदर्शनीले पनि उनीहरूलाई नेपालप्रति आकर्षण बढाएको छ । अझ पछिल्लो समय विद्युत् व्यापारका लागि बंगलादेश र नेपालबीच वार्ता भइरहेको छ र ४० मेगावाट बिजुली उसले किन्ने तयारी गरिरहेको छ । यो ठूलो तथ्यांक होइन, बंगलादेशसँगको बढ्दो साझेदारी हो । बंगालदेशले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने र त्यो बिजुली आफ्नो देशमा लैजाने योजना पनि बनाएको छ । यी सबै कुराले बंगलादेशमा नेपालको चर्चा बढेको छ जसले गर्दा बंगालादेशी पर्यटकका आगमन बढ्दै जाने देखिन्छ ।  बंगलादेशमा थुपै्र नेपाली विद्यार्थी छन्, खासगरी मेडिकल शिक्षामा । तिनका माध्यमबाट उनीहरूले नेपालबारे सकारात्मक धारणा बनाएका छन् । उदीयमान अर्थतन्त्र भएको बंगलादेशसँग नेपालको व्यापारघाटा भने बढ्दो छ । त्यसलाई सन्तुलनमा ल्याउन पनि त्यहाँका पर्यटकलाई नेपाल ल्याउन जरुरी छ ।  नेपालको पर्यटन आगमन तथ्यांकअनुसार सन् २०१८ मा बंगलादेशबाट २६ हजारभन्दा बढी पर्यटकले नेपालको भ्रमण गरेका थिए । तत्पश्चात् विश्व महामारीको कारणले पर्यटन आगमनमा उच्च कमी आयो । अहिले दुवै देशका टुर अपरेटर पर्यटनको आगमन उच्च वृद्धि हुनेमा निकै आशावादी छन् र त्यसैअनुसार काम गरेको पनि पाइन्छ । छिमेकी राष्ट्र बंगलादेशबाट हुनसक्ने पर्यटकको आगमनले नेपालको पर्यटनलाई ठूलो राहत पुग्नसक्ने देखिन्छ । साथै निकट भविष्यमै ढाकादेखि भारतको जलपाइगुडी रेलवे स्टेशनसम्म सीधा रेलसेवाको शुरुआत हुने भएकाले स्थलमार्ग भएर नेपाल आउने बंगलादेशी पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि हुने देखिन्छ । पाकिस्तानबाट पनि पर्यटकको आगमन बढाउन सकिन्छ । अहिले पाकिस्तान आर्थिक संकटमा परेको छ । त्यसो हुँदा तत्कालै पर्यटक नआउलान् तर पाकिस्तान पनि नेपाली पर्यटनको राम्रो स्रोत हुन सक्छ । नेपाल र बंगलादेशको अत्यन्त सुमधुर सबन्ध रहेको र ढाकाबाट केवल १ घण्टामै काठमाडौं आइपुग्न सकिने र स्थलमार्ग भएर पनि नेपाल सहज रूपमा पुग्न सकिने भएकाले आगामी दिनमा बंगलादेशी पर्यटकको संख्या बढ्ने देखिन्छ ।  पाकिस्तानबाट पनि पर्यटकको आगमन बढाउन सकिन्छ । अहिले पाकिस्तान आर्थिक संकटमा परेको छ । त्यसो हुँदा तत्कालै पर्यटक नआउलान् तर पाकिस्तान पनि नेपाली पर्यटनको बजार हुन सक्छ । पाकिस्तानीहरूमा पनि भ्रमणमोह पाइन्छ । उनीहरूका लागि नजिकको गन्तव्य नेपाल नै हुन सक्छ । सार्क मुलुक भएकाले भिसाको झन्झट पनि छैन । अनएराइभल भिसा पाइने भएकाले पाकिस्तानी पर्यटक नेपाल ल्याउन सकिन्छ । पाकिस्तानसँग सीधा हवाई सम्पर्क हुने हो भने ३ घण्टामा पाकिस्तान पुग्न सकिन्छ । त्यसैले नेपाल चेम्बर अफ कमर्सले पाकिस्तानी राजदूतसमक्ष हवाई सेवा सञ्चालन गर्न माग गरेको छ । पाकिस्तानसँग व्यापारिक सम्बन्ध बढाउन पनि हवाई सेवा आवश्यक छ । नेपालका मसलासम्बन्धी कृषि उत्पादन पाकिस्तानमा निर्यात गर्न सकिन्छ भने पाकिस्तानबाट छाला र काठका सामान आयात गर्न सकिन्छ । विगतमा पाकिस्तानी व्यापार मेला हुने गरेको थियो जुन अहिले अलिक शिथिल देखिएको छ ।  नेपालबाट नजिक रहेका बंगलादेश र पाकिस्तान पर्यटनको स्रोत बजार हुन सक्छ । साहसिक खेल, पदयात्रा, प्राकृतिक सौन्दर्य अवलोकन आदिका लागि पर्यटन प्रडक्ट बनाएर राम्ररी प्याकेज बनाउने हो भने सानै भए पनि नेपाली पर्यटनलाई ठूलै टेवा पुग्ने देखिन्छ ।  लेखक पर्यटन व्यवसायी हुन् ।

५ महीनामा पर्यटकको संख्या बढ्यो तर आम्दानी ?

यो वर्ष (सन् २०२३) को ५ महीनामा ४ लाख ४ हजार २३१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । तथ्यांकअनुसार जनवरी महीनामा ५५ हजार ७४ जना, फेब्रुअरी महीनामा ७३ हजार २५५ जना, मार्च महीनामा ९९ हजार ४२६ जना, अप्रिल महीनामा ९८ हजार ७७३ जना र मे महीनामा ७७ हजार ७०३ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरिसकेका छन् । सन् २०२२ को ६ महीनामा २ लाख ३७ हजार चानचुन विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । यसरी सन् २०२२ को ६ महीना र सन् २०२३ को ५ महीनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या तुलना गर्दा सन् लगभग ४५ प्रतिशतले बढी देखिन्छ । त्यसैले यो वर्ष यही गतिमा विदेशी पर्यटकको आगमन भएमा नेपालमा कम्तीमा ९ लाख ५०–६० हजारदेखि १० लाख १०–१५ हजारसम्म संख्या पुग्ने सम्भावना देखिन्छ । सन् २०२२ को ६ महीनामा विदेशी पर्यटकबाट २५ अर्ब ५२ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी भएको थियो । सन् २०२३ मा चाहिँ ५ महीनाको अवधिमा उनीहरूले कति रकम खर्च गरे भन्ने सम्बन्धमा तथ्यांक बाहिर आइसकेको छैन ।  आर्थिक वर्ष २०७७–०७८ (सन् २०२१) को सोही अवधिमा पर्यटन क्षेत्रबाट केवल ६ अर्ब ६९ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी भएको थियो । सन् २०१९ को डिसेम्बर अन्तिम ताका छिमेकी देश चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलिएर बिस्तारै विश्वव्यापी रूप लिएको कोभिड–१९ को महामारीका कारण त्यस बेला नेपालको पर्यटन उद्योग मात्रै नभएर विश्वकै पर्यटन उद्योगले अनपेक्षित रूपमा धक्का खानु परेको थियो । तर, अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ‘कोरोना फ्री’ भनी घोषणा गरिसकेकाले विश्व पर्यटन गतिविधिले तीव्रता लिइरहेको छ ।  हुन त नेपालको पर्यटनको इतिहासलाई हेर्ने हो भने नेपाल सरकारले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको आधिकारिक रूपमा तथ्यांक राख्न थालेको सन् १९६३ देखि मात्रै हो । त्यस यताको लगभग ६० वर्षपछि अर्थात् सन् २०२३ मा फेरि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ, जुन धेरै राम्रो हो ।  नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको यही संख्याको गतिलाई हेरेर नै होला, नेपाल सरकारले सन् २०१८ मा नेपाल भ्रमण वर्ष मनाउने भनी घोषणा गरेको थियो । तर सन् २०१८ मा विविध कारणले गर्दा नेपाल भ्रमण वर्ष मनाउन नसकेपछि फेरि सन् २०२० मा एकै वर्षमा २० लाख विदेशी पर्यटक भित्त्याउने महात्त्वाकांक्षी योजनासहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने घोषणा र तयारी गरियो । तर, कोभिड–१९ ले महामारीको रूप लिएकाले नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई स्थगित गर्‍यो । सबै तयारी पूरा गर्दै केही कार्यक्रम लागू गरिसकेको र उद्घाटनसमेत भइसकेको भए तापनि यसलाई स्थगित गर्नु परेको थियो । त्यस्तै त्यस बेला नै विश्वको पर्यटन र पर्यटन उद्योगका विज्ञहरूले अब विश्व पर्यटनमा सुधार आउनका लागि कम्तीमा पनि सन् २०२४/२६ सम्म लाग्ने अनुमान गरेका थिए । त्यो पनि सन् २०२१/२२ मा नोभेल कोरोनाभाइरस ठीक भएमा अथवा हराएर गएमा । महामारी रोगका विज्ञहरूले अनुमान गरेभन्दा लगभग १ वर्ष बढी समय लागेको छ, कोरोना महामारी रोकिन वा भनौं कम हुन । त्यो पनि पूर्ण रूपमा बन्द भएको देखिएको छैन । आगामी दिनमा नेपालमा पनि जति सक्दो धेरै भन्दा धेरै चिनियाँ पर्यटक भित्त्याउने प्रयासमा लाग्नुपर्ने देखिन्छ । यसो गर्न सकिएमा नेपाली पर्यटन उद्योगको छिट्टै प्रगति हुने छ । अरू देशका पर्यटकका बारेमा यसै भन्न नसकिए तापनि चिनियाँ पर्यटक साह्रै ‘मक्खिचुस’ भने होइनन् । किनभने, विगत केही वर्षदेखि संयुक्त राष्ट्रसंघ सम्बद्ध संस्था यूएन–डब्ल्यूटीओलगायत विश्व पर्यटनसँग सम्बद्ध विभिन्न संघसंस्थाले अध्ययन–अनुसन्धान गरेर निकालेको तथ्यांकमा चिनियाँ पर्यटक लगातार रूपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा दरिएका थिए, छन् । साथै चिनियाँ पर्यटक संख्याको आधारमा पनि विश्वकै धेरै संख्यामा विश्व भ्रमणमा निक्लने पहिलो स्थान ओगट्ने पर्यटकका रूपमा दरिएका छन्, दरिने गरेका छन् । अहिले चिनियाँहरूकै सहयोगमा पोखरामा ड्रागन बोट प्रतियोगिता आयोजना गरियो । यसमा भाग लिने चिनियाँहरू विमान चार्टर गरेर पोखरामै ओर्लिए । यसले आगामी दिनमा चिनियाँ पर्यटक यसरी नै पोखरा आउने सम्भावना बढेको छ ।  विगतमा भारतीयपछि दोस्रो बढी संख्या चिनियाँ पर्यटकको थियो । अहिले त्यस्तो छैन तैपनि अब चिनियाँ पर्यटक बढ्दै जाने आशा गर्न सकिन्छ । उनीहरूका लागि पोखरा सबैभन्दा आकर्षक नेपालको पर्यटकीय गन्तव्य हो । त्यसैले उनीहरू पोखरामा आउन लालायित नै देखिन्छन् । त्यहाँ बनाइएका विभिन्न पर्यटकीय पूर्वाधारले पनि चिनियाँ पर्यटकलाई लोभ्याएको देखिन्छ । अहिले विमान चार्टर गरेर आएकाले नेपाली व्यवसायीले यसरी चार्टर्ड उडानबाट चिनियाँ पर्यटक नेपाल ल्याउन पहल गर्नुपर्छ । यसो गर्न सके नेपालको पर्यटन पूर्णरूपमा पुनरुत्थान हुने देखिन्छ । तर, उनीहरूले गर्ने खर्च भने यहाँ सञ्चालन हुने गतिविधिमा निर्भर हुने देखिन्छ ।  लेखक पर्यटनकर्मी हुन् ।

चीनले भ्रमण अनुमति दिएपछिको पर्यटन : पर्यटनकर्मी एमके कुलुङको विचार

सन् २०२३ लाग्नेबित्तिकै चीन सरकारले आफ्नो देशका नागरिकलाई विदेशमा पर्यटक भई घुम्न जान दिने निर्णय दुई चरणमा गरेको छ । उनीहरूलाई ट्राभल एजेन्सी एवम् अनलाइन कम्पनीमार्पmत समूहमा विदेश भ्रमण गर्न जाने अनुमति दिएको हो । सन् २०१९ को अन्त्यतिर शुरू भएको कोभिड–१९ महामारीको ३ वर्षपछि चीन सरकारले दुई चरण गरेर ६० ओटा देशमा आफ्ना देशका नागरिकलाई समूहमा पर्यटक भई घुम्न जाने अनुमति दिएको छ ।  पहिलो चरणमा विश्वका २० ओटा देश छानेर अनुमति जारी गरेको थियो । थाइल्यान्ड, इन्डोनेशिया, कम्बोडिया, श्रीलंका, माल्दिभ्स, मलेशिया, फिलिपिन्स, सिंगापुर, लाओस, युनाइटेड अरब इमिरेटस् (युएई), इजिप्ट, केन्या, रूस, दक्षिण अफ्रिका, स्वीट्जरल्यान्ड, हंगेरी, न्यूजील्यान्ड, फिजी, क्युबा र अर्जेन्टिना रहेका छन् । यी देशमा देशमा गएको फेब्रुअरी ६ तारीखदेखि चिनियाँ पर्यटक समूहमा घुम्न जान थाले । त्यस्तै गरेर चीन सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले दोस्रो चरणमा आफ्ना देशका नागरिकलाई समूहमा पर्यटक भई घुम्न जान पाउने विश्वका ४० ओटा देशको नाम सार्वजनिक गरेको छ । तिनमा नेपाल, ब्रुनाई, भियतनाम, मंगोलिया, इरान, जोर्डन, तान्जानिया, मौरिसस, नामिबिया, जिम्बाबे, युगान्डा, जाम्बिया, सेनेगल, काजाकिस्तान, उज्वेकिस्तान, जर्जिया, अजरबैजान, आर्मेनिया, सर्बिया, क्रोसिया, आइसल्यान्ड, अल्वानिया, इटली, डेनमार्क, पोर्चुगल, स्लोभेनिया, भानुआटु, टोगा, सामोआ, ब्राजिल, चिली, डोमिनिका, एलसाल्भाडोर, रिपब्लिक अफ मोमिनिका, फ्रान्स, ग्रिस, स्पेन, उरूग्वे, पनामा, बहामास रहेका छन् । यी देशमा गएको मार्च १५ देखि चिनियाँ नागरिकहरू ट्राभल एजेन्सी एवम् अनलाइन कम्पनीमार्फ समूहमा भ्रमण गर्न जान थालिसकेका छन् ।  चीन सरकारले पहिलो चरणमा विश्वका २० ओटा देशमा चिनियाँ नागरिकलाई पर्यटकका रूपमा समूहमा भ्रमण गर्न जाने अनुमति दिएको देशमा नेपाल परेको थिएन । तर, दोस्रो चरणको सूचीमा भने नेपाल परेको छ । हालसालै एकै पटक १ सय ८० जना चिनियाँ पर्यटक विमान चार्टर गरेर नेपाल भ्रमण गर्न आएका छन् । जुन पर्यटक समूहलाई नेपाल सरकारका पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आदिले स्वागत गरेका थिए । एकैपटक नेपालमा १ सय ८० चिनियाँ पर्यटकलाई विमान चार्टर गरेर नेपाल भ्रमण गराउने ट्राभल कम्पनी बिग माउन्टेन ट्राभल हो । निश्चय नै यसले चिनियाँ पर्यटक नेपाल आउनका लागि सकारात्मक सन्देश दिएको छ ।  केही समयअघि चिनियाँ पर्यटन उद्योगसँग सम्बद्ध संस्था चाइना आउटबाउन्ड टुरिजम रिसर्च इन्स्टिच्युट (कोटरी) ले गरेको एक रिपोर्टमा उल्लेख भएअनुसार सन् २०१९ मा १ सय ५५ मिलियन चिनियाँ पर्यटक विदेश घुम्न निक्लिएका थिए । सन् २०२३ मा १ सय १० मिलियन चिनियाँ पर्यटक विदेश भ्रमणमा निक्लने अनुमान गरिएको छ । ती मध्ये १ प्रतिशतलाई नेपालतर्फ आकर्षित गर्न सकेमा पनि १० लाखभन्दा बढी चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउने देखिन्छ । तर, त्यसका लागि हामीले गर्नुपर्ने धेरै कामहरू तत्काल गर्न नसकिने अवस्था छ ।  कोभिड–१९ पछि को ३ वर्षको अवधिमा नेपाल भ्रमण गर्न आएका चिनियाँ पर्यटकको संख्या अत्यन्तै न्यून रहेको देखिन्छ । जस्तै सन् २०२० मा नेपालमा १९ हजार २५७ जना चिनियाँ पर्यटक आएका थिए भने सन् २०२१ मा केवल ६ हजार १९८ जना मात्रै । त्यस्तै सन् २०२२ मा ९ हजार ५९९ जना चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आएका थिए भने सन् २०२३ को जनवरी, फेब्रुअरी र मार्च महीनामा क्रमशः १४ सय ३६, २२ सय ३२ चिनियाँले नेपाल भ्रमण गरिसकेका छन् ।  खासमा चीन सरकारले सन् २००३ देखि मात्रै चिनियाँ नागरिकलाई पर्यटकका रूपमा नेपाल आउने अनुमति दिन थालेको हो । त्यस वर्ष ७ हजार ५६२ जना चिनियाँ नागरिक पर्यटकका रूपमा नेपाल आएका थिए । त्यसयता नेपाल भ्रमण गर्न आउने चिनियाँहरूको संख्या लगातार बढिरहेको थियो । स्मरण रहोस्, सन् २०१९ मा १ लाख ६९ हजार ५ सय ४३ जना चिनियाँले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१८ मा १ लाख ५३ हजार ६ सय ३३ जना, सन् २०१७ मा १ लाख ४ हजार ६ सय ६५ जना, सन् २०१६ मा १ लाख ४ हजार पाँच जना, सन् २०१५ मा ६४ हजार ५ सय ७५ जना, सन् २०१४ मा १ लाख २३ हजार ८ सय पाँच जना र सन् २०१३ मा १ लाख १३ हजार १ सय ७३ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको देखिन्छ ।  अब हामीले केकसो गरेर हुन्छ केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देश चीनलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ । लगभग १ दशकदेखि चिनियाँ पर्यटक विश्वभरिका साना–ठूला देशका लागि आकर्षक र पहिलो नम्बर (धेरै संख्यामा विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) का पर्यटकका रूपमा रहेका छन् । तथापि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकचाहिँ खासै खर्चिलो नरहेको भन्ने पर्यटन क्षेत्रका व्यवसायीहरूको भनाइ रहेको छ । त्यसैले हामीले अब चिनियाँ पर्यटकको संख्यासँगै गुणस्तर बढाउनेतर्पm ध्यान दिनुपर्ने देखिन्छ । विश्वका अन्य देशमा धेरै खर्च गर्ने तिनै चिनियाँ पर्यटकले नेपालमा किन कम खर्च गर्छन् ? यो प्रश्नको जवाफ खोज्नैपर्ने हुन्छ ।  लेखक पर्यटनकर्मी हुन् ।

चार हप्ता चार्टर उडानबाट चिनियाँ पर्यटक आउँदै

काठमाडौं । कोभिड–१९ (Covid-19) पछि पहिलोपटक नेपालमा चिनियाँ पर्यटक (Chinese Tourist) विमान चार्टर गरेर आएका छन् । हिमालय एयरलाइन्स (Himalaya Airlines)को विमान चार्टर गरेर बिहीवार १८० चिनियाँ नेपाल आए । आगामी चार साता हप्ताको १ दिन यही संख्यामा चार्टर उडानबाट चिनियाँ आउनेछन् । हरेक हप्ता १ दिन चिनियाँ पर्यटक विमान चार्टर गरेर नेपाल ल्याउने नेपाल बिग माउन्टेन (एनबीएम) ट्राभल कम्पनीले जानकारी दिएको हो । हरेक उडानमा १८० जना हुनेछन् । सन् २०२३ को मार्च १५ देखि चीन सरकारले आफ्ना नागरिक घुम्न जाने देशको सूचीमा नेपाललाई राखेसँगै त्यहाँबाट आउने पर्यटक बढेका हुन् ।  चीन सरकार (Chinese Government)ले आधिकारिक सूचना जारी नगरे पनि त्यहाँबाट नेपालमा पर्यटक (Tourist) आइरहेका छन् । तर, चीन सरकारको उक्त निर्णयपछि विमान नै चार्टर गरेर (Chartered Flight) उनीहरू आउन थालेका हुन् । एनबीएमका अध्यक्ष सुदर्शन नेपालले चीन सरकारले नेपाललाई घुम्न पर्ने देशको सूचीमा राखेको छोटो अवधिमै पर्यटक ल्याउन सकिएको बताए । ‘हामीले चार्टर उडानबाट पर्यटक ल्याउन शुरू गरिसकेका छौं,’ नेपालले भने, ‘अझै चिनियाँ पर्यटक नेपाल आउने पर्खाइमा छन् ।’ नेपाल एयरलाइन्सले चीनमा उडान गरे धेरै पर्यटक ल्याउन सकिने उनको भनाइ छ । अहिले आएका पर्यटक ८ दिन नेपालमा बस्ने उनको भनाइ छ । ‘उनीहरू काठमाडौं, पोखरा, पुनहिल तथा छोटो दूरीका हाइकिङ रुटमा जानेछन्,’ उनले भने । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (TIA)मा अवतरण गरेको उक्त समूहलाई संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनञ्जय रेग्मीले स्वागत गरेका थिए । चिनियाँ पर्यटकलाई विमानस्थलमै खादा मालासहित पञ्जेबाजा बजाएर स्वागत गरिएको थियो । उक्त अवसरमा मन्त्री किरातीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको बताए । रेग्मीले कोभिडपछि सन् २०२३ मा नेपालको पर्यटन लयमा फर्किन थालेको भन्दै चिनियाँ पर्यटक आगमनले नेपालको पर्यटन क्षेत्र थप चलायमान हुने उल्लेख गरे । नेपाल–चीन सीमा नाका रसुवा र तातोपानीबाट आउने पर्यटकलाई नेपाल भ्रमण गराउन पहल गरिदिन पनि आग्रह गरिएको छ ।