बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगन्जमा भएको आठौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको पुरस्कार एक वर्ष बित्दा पनि खेलाडीले पाएका छैनन् । प्रतियोगिता गत वर्ष फागुन २१ देखि २५ गतेसम्म आयोजना भएको थियो । उक्त प्रतियोगिताको पुरस्कार अहिलेसम्म नपाएको खेलाडीहरूले बताएका छन् । प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोटर््स क्लबले जितेको थियो । फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै हरियाणाले उपाधि जितेको हो । प्रधानमन्त्री कपमा प्रथम हुनेले पाँच लाख, दोस्रो हुनेले द