बाढी प्रभावितलाई तीनै तहको सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ : मन्त्री भाट

कैलाली । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य, महिला तथा जेष्ठ नागरिकमन्त्री ओम बिक्रम भाट सरलले कैलाली कञ्चनपरसहित जिल्लामा भएका बाढी र पहिरो प्रभावितलाई तीनै तहको सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने बताएका छन् । कञ्चनपुरका विभिन्न बाढी प्रभावित क्षेत्रको अनुगमन निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् । प्रदेशमा सबैभन्दा धेरै कञ्चनपुरमा बाढीले क्षति गरेको छ । […]

सम्बन्धित सामग्री

राहत सामग्री भण्डारण व्यवस्था मिलाउन आन्तरिक मन्त्रीको निर्देशन

कर्णाली, ६ असार । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन र राहत सामग्री भण्डारणको व्यवस्था मिलाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् । मन्त्री जिसीकै अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले सम्बद्ध निकायहरुलाई विपद् प्रतिकार्यका लागि तयार रहन सुझावसहित  निर्देशन दिएका हुन् । स्थानीय […]

श्रीलङ्काले आर्थिक सङ्कटका बेला कम आय भएका परिवारलाई विशेष भत्ता दिने

कोलम्बो । श्रीलङ्का सरकारले मे महिनादेखि तीन महिनाका लागि विद्यमान आर्थिक सङ्कटबाट प्रभावित न्यून आय भएका परिवारलाई विशेष नगद भत्ता उपलब्ध गराउने भएको छ । एक पत्रकार सम्मेलनमा सञ्चार मन्त्री नालाका गोदाहेवाले भने, ‘मुलुकमा विद्यमान आर्थिक सङ्कटका कारण न्यून आय भएका परिवारमा गम्भीर असर परेको उल्लेख गर्दै उनीहरूलाई तत्काल राहत को व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको […]

राहत र पुनस्र्थापना प्याकेज घोषणा गर्न किसानको माग

बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकार समक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन् ।सुदूरपश्चिम प्रदेशका कृषक संगठनहरुले बाढी पहिरो पीडित किसानहरुका लागि तत्काल राहत र पुनस्र्थापनाका कार्यक्रम घोषणा गर्न माग गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै राहत र क्षतिपूर्तिको माग गरिएको हो ।ज्ञापन पत्र […]

बाढीप्रभावितलाई राहत प्याकेज : प्रधानमन्त्री देउवा

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएका व्यक्तिहरूलाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताउनुभएको छ । मङ्गलवार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाहरूको अवस्थाको हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल,  १ नम्बर  बराहबाहिनी मुख्यालय पक्कली सुनसरीमा आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राहत ल्याउने कुरा बताउनुभएको हो । बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारणले सुदूर पश्चिम र एक नम्बर प्रदेशमा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै आफू काठमाडौँ फर्किनासाथ क्षतिपूर्तिका लागि निर्णय गर्ने उहाँले बताउनुभयो ।   विपद् ढोल बजाएर नआउने तर अचानक आइदिएका कारण निकै क्षतिको सामना गर्नुपरेकाले यसबाट पीडित भएकाहरूका लागि छिटै राहतको प्याकेज ल्याउने प्रधानमन्त्री देउवाले बताउनुभयो ।  वर्तमान सरकारले विपद्बाट प्रभावित भएकाहरूका लागि राहतको प्याकेज घोषणा गरिसकेको र बाँकी रहेको राहतको प्याकेज काठमाडौँ फर्किएपछि छिटै ल्याउने उहाँको भनाइ थियो । बाढीबाट अर्बौं रूपैयाँको क्षति भएको बताउँदै देउवाले यसलाई परिपूर्ति गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको उल्लेख गर्नुभयो । उहाँले विकास निर्माणलगायतको कार्य पछि हुँदै गर्ने तर अहिले मानवको जीवन बचाउनु, उद्धार गर्नु, विस्थापित भएका व्यक्तिलाई स्थापित गर्नु, बसोबास नभएका व्यक्तिका लागि बसोबासको व्यवस्था गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो । बाढीका कारण बिघौँ बिघा धान नष्ट भएको, कतिपय ठाउँमा कृषकले लगाएको धान खेतमै कुहिएकाले किसानलाई खानका लागि समेत समस्या हुने भएकाले कृषकका लागि छुट्टै राहत प्याकेज घोषणा गर्ने प्रधानमन्त्रीले देउवाले उल्लेख गर्नुभयो । बाढीबाट प्रभावित भएकालाई राहतको ठूलो प्याकेज ल्याउन नसकिए पनि देशको साधन, स्रोत र विदेशबाट मागेर भए पनि केही न केही राहत ल्याउने उहाँको भनाइ थियो । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसाल, भवानीप्रसाद खापुङ, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, सङ्घीय सांसद सीताराम मेहतालगायतको सहभागिता रहेको थियो ।

हात्तीको आक्रमणबाट मृत्यु भएका दम्पतीको परिवारलाई २० लाख राहत दिइने

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कानुनी व्यवस्था भएअनुसार हात्तीको आक्रमणबाट ज्यान गुमाएका उनीहरूको परिवारलाई प्रतिव्यक्ति १० लाखका दरले राहत दिइने बताए।

तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिबाट अप्ठेरोमा परेकाहरूलाई तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न सरोकारवाला निकायका पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । विपद् व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयमा आज भएको बैठकमा मन्त्री खाँणले वर्षा भोलिसम्म पर्ने सम्भावना रहेको भन्दै क्षति हुने सम्भावना भएका क्षेत्रका पूर्व तयारी गर्न निर्देशन दिए । ‘अहिलेसम्म विपत्तिमा परेकाहरूको उद्धार, […]

प्रदेशमा कार्यरत सबै पत्रकारलाई खोपको व्यवस्था गर्छौं : मन्त्री कार्की

झापा : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशमा कार्यरत सम्पूर्ण पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाइने बताएका छन्।प्रदेशका पत्रकार अगुवासँग प्रेस काउन्सिल नेपालले बुधबार बिहान गरेको भर्चुअल बैठकमा उनले पत्रकारका लागि खोपको प्रतिबद्धता व्यक्त गरेका हुन्। मन्त्रालयबाट प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आजै पत्राचार गरेर पत्रकारका लागि खोपको व्यवस्था मिलाउन निर्देशन दिइने उनले बताए। कोभिड–१९ बाट प्रेस जगतमा परेको प्रभाव, पत्रकारका