झापा : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशमा कार्यरत सम्पूर्ण पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाइने बताएका छन्।प्रदेशका पत्रकार अगुवासँग प्रेस काउन्सिल नेपालले बुधबार बिहान गरेको भर्चुअल बैठकमा उनले पत्रकारका लागि खोपको प्रतिबद्धता व्यक्त गरेका हुन्। मन्त्रालयबाट प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आजै पत्राचार गरेर पत्रकारका लागि खोपको व्यवस्था मिलाउन निर्देशन दिइने उनले बताए। कोभिड–१९ बाट प्रेस जगतमा परेको प्रभाव, पत्रकारका