बाढीप्रभावितलाई राहत प्याकेज : प्रधानमन्त्री देउवा

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएका व्यक्तिहरूलाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताउनुभएको छ । मङ्गलवार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाहरूको अवस्थाको हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल,  १ नम्बर  बराहबाहिनी मुख्यालय पक्कली सुनसरीमा आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राहत ल्याउने कुरा बताउनुभएको हो । बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारणले सुदूर पश्चिम र एक नम्बर प्रदेशमा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै आफू काठमाडौँ फर्किनासाथ क्षतिपूर्तिका लागि निर्णय गर्ने उहाँले बताउनुभयो ।   विपद् ढोल बजाएर नआउने तर अचानक आइदिएका कारण निकै क्षतिको सामना गर्नुपरेकाले यसबाट पीडित भएकाहरूका लागि छिटै राहतको प्याकेज ल्याउने प्रधानमन्त्री देउवाले बताउनुभयो ।  वर्तमान सरकारले विपद्बाट प्रभावित भएकाहरूका लागि राहतको प्याकेज घोषणा गरिसकेको र बाँकी रहेको राहतको प्याकेज काठमाडौँ फर्किएपछि छिटै ल्याउने उहाँको भनाइ थियो । बाढीबाट अर्बौं रूपैयाँको क्षति भएको बताउँदै देउवाले यसलाई परिपूर्ति गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको उल्लेख गर्नुभयो । उहाँले विकास निर्माणलगायतको कार्य पछि हुँदै गर्ने तर अहिले मानवको जीवन बचाउनु, उद्धार गर्नु, विस्थापित भएका व्यक्तिलाई स्थापित गर्नु, बसोबास नभएका व्यक्तिका लागि बसोबासको व्यवस्था गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो । बाढीका कारण बिघौँ बिघा धान नष्ट भएको, कतिपय ठाउँमा कृषकले लगाएको धान खेतमै कुहिएकाले किसानलाई खानका लागि समेत समस्या हुने भएकाले कृषकका लागि छुट्टै राहत प्याकेज घोषणा गर्ने प्रधानमन्त्रीले देउवाले उल्लेख गर्नुभयो । बाढीबाट प्रभावित भएकालाई राहतको ठूलो प्याकेज ल्याउन नसकिए पनि देशको साधन, स्रोत र विदेशबाट मागेर भए पनि केही न केही राहत ल्याउने उहाँको भनाइ थियो । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसाल, भवानीप्रसाद खापुङ, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, सङ्घीय सांसद सीताराम मेहतालगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित सामग्री

बाढीपहिरा पीडितका लागि सरकारले राहत प्याकेज ल्याउँछः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरा पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन् । शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा उनले बेमौसमी बाढीबाट मुलुकभर भएको क्षतिको विवरण सङ्कलन गरेर पीडितलाई राहत र पुनःनिर्माणमा जुट्ने बताएका छन् ।

बाढीपहिरो पीडितलाई सरकारले राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री देउवा

५ कात्तिक, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन् । आज बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले काठमाडौं फर्किएपछि राहत प्याकेज घोषणा गर्ने बताए । बाढी पहिरो प्रभावित सुदूरपश्चिम क्षेत्रको भ्रमणका लागि प्रधानमन्त्री देउवा बिहीबार यता आएका थिए । उनी शुक्रबार धनगढी हुँदै काठमाडौं फर्किंदैछन् । […]

कोरोना प्रभावित व्यवसाय बचाउन सरकारले राहत प्याकेज ल्याउछ: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कोरोना संक्रमणको तेस्रो लहर फैलिने चर्चाले डर भैरहेको बताए । कोरोनाका पुराना असरबाट उठ्ने प्रयत्न गरिरहेको बेला नयाँ भेरियन्टसहितको तेस्रो लहर आउन सक्ने विषयले सर्वसाधारणमा डर बढेको देउवाले बताएका हुन् । नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘हामी अहिले कोभिडका पुराना असरबाट उठ्ने […]