काठमाण्डाै - सुनसरीमा रहेकाे एक सहकारी संस्थाका सञ्चालक ४० लाख रुपैयाँभन्दा बढी रकम लिएर फरार भएपछि बचतकर्ताहरुको बिचल्ली भएको छ ।
भाण्टाबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक पैसा लिएर फरार भएपछि बचतकर्ताहरु आन्दाेलनमा उत्रिएका छन् ।
४ वर्ष बित्दासमेत बचत गरेकाे रकम सहकारीबाट फिर्ता नपाएको भन्दै बचतकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा धाउँदै हैरान भएपछि सडक आन्दोलनमा उत्रिएकाे उनीहरुले बताएका छन् ।
आन्दोलित बचतकर्ताल...