धादिङमा तालमेलको प्रारम्भिक खाकामाथि गठबन्धनको सहमति

धादिङमा सत्तारुढ गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा उम्मेदवारी भागबण्डाको बारेमा प्रारम्भिक खाकामा सहमति भएको छ । जिल्लाका सबै पालिकामा गठबन्धनलाई कायम राखेर जाने उद्देश्य अनुसार दलहरुले भागबण्डाका बारेमा प्रारम्भिक खाका तयार पारेर सहमति जुटाएका हुन् ।सत्तारुढ गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाका प्रतिनिधिबीच आइतबार भएको छलफलले जिल्लाका पालिकाहरुमा उम्मेदवार उठाउने विषयमा आ–आफ्नो दाबी प्रस्तुत गर्दै भागबण्डाको प्रारम्भिक खाका तयार

सम्बन्धित सामग्री

धादिङमा सत्ता गठबन्धनका ३ दलले टुंग्याए भागवण्डा

११ वैशाख, काठमाडौं । धादिङमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार भागवण्डामा सहमति जुटाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्थानीय तहको प्रमुख र उपप्रमुखको भागवण्डा टुंगो लगाएका हुन् । तीन दलको सहमति अनुसार नेपाली कांग्रेसले ८ स्थानीय तहको प्रमुख र ४ स्थानीय तहको उपप्रमुख पाउनेछ […]

धादिङमा माओवादी र एकीकृत समाजवादी मिलेपछि कांग्रेस लचक !

७ वैशाख, धादिङ । स्थानीय तहको चुनावमा तालमेल गर्ने सैद्धान्तिक निर्णय सत्तारुढ दलले गरे पनि धादिङका सहमति भइसकेको छैन् । स्थानीय नेताहरुका अनुसार गठबन्धनको पटक–पटक भएको छलफलले भागवण्डा मिलाउन सकेको थिएन् । भागवण्डा नमिलेपछि नेपाली कांग्रेसले नै मित्रवत प्रतिस्पर्धा गरौं भनेको थियो । नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष मनराज भण्डारी शैलेशका अनुसार कांग्रेसले मित्रवत प्रतिस्पर्धा […]

सरुवाप्रति डा. गौतम असन्तुष्ट, राजीनामा दिने

स्वास्थ्य मन्त्रालय बागमती प्रदेश हेटौंडाले गरेको सुरुवाप्रति भक्तपुर अस्पतालकी निवर्तमान प्रमुख डा. सुमित्रा गौतमले असन्तुष्टि जनाएकी छिन् । केही दिन अगाडि मन्त्रालयले उनलाई जिल्ला अस्पताल धादिङमा सरुवा गरेको थियो । ‘सो सरुवा प्रति मेरो सहमति छैन, यहाँ भन्दा माथिल्लो निकायमा सरुवा भएको भए मान्थेँ, तर तल्लो निकायमा गरिएको सरुवा गरेर मेरो अपमान गरिएको छ’, उनले भनिन् ।सरकारको मूल्याङ्कनमा ३८ अंक प्राप्त गरेको अस्पताललाई आफूले ८२ अंक आउने बनाएको र एउटा आइसीयू नभएको अस्पतालमा हाल ३६

नाडेप लघुवित्तको शेयरमूल्य समायोजन

माघ ३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ८६५ दशमलव ८३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ३९ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५३ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न माघ १४ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले नौबिसे एग्रो रिसोर्ट, नौबिसे, धादिङमा बिहान ११ बजे अनलाइन मार्फत उक्त सभा शुरु हुने जानकारी दिएको छ । सभाको अन्य प्रस्तावमा डिप्रोक्स लघुवित्तले नाडेपलाई एक्वायर गर्ने सम्बन्धमा भएको सैद्धान्तिक सहमति बदर भएकाले सो सम्बन्धमा भए गरेका सम्पूर्ण कार्यहरु अनुमोदन गर्ने, संस्थापक समूहको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ ।