काभ्रे : जिल्लाको नमोबुद्ध नगरपालिका–३, दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण सुरु भएको छ। नगरपालिकाको जलवायु अनुकुलन कार्यक्रम अन्तर्गत पहिलो चरणमा ८५ लाख रुपैयाँबाट शीत भण्डार निमार्ण थलिएको हो।नगर प्रमुख कुन्साङ लामाले ८ करोड ३६ लाख ४६ हजार ९ सय ९९ रुपैयाँ लागत अनुमान तयार गरिएको भण्डारलाई बहुवर्षीय योजनामा समावेश गरेर पूरा गर्ने बताए । उनका अनुसार १५ प्रतिशत स्थानीय उपभोक्ताले बेहोर्ने गरी काम हुनेछ।नगरप्रमुख लामाले नगरका सबै वडाका साथै अलावा