सत्ता गठबन्धनले मिलायो ६ वटै महानगरको भागवण्डा, कुन कसलाई ?

सत्ता गठबन्धनको बैठकले ६ वटै महानगरपालिकाको भागवण्डा मिलाएको छ । आज मंगलबार बसेको गठबन्धनको बैठकले काठमाडौँ, ललितपुर, विराटनगर, बिरगंज, भरतपुर र पोखरा महानगरको भागवण्डा टुंगो लगाएको हो ।  जस अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर पाउने भएको छ भने जसपाले वीरगञ्ज तथा माओवादी केन्द्रले भरतपुर पाउने सहमति भएको छ। पोखरा भने एकिकृत समाजवादीलाई दिने सहमति भएको छ । यसअघि पोखरामा  कांग्रेस र एकिकृत समाजवादी दुवैले दाबी गरेको कारण पोखरामा सहमति हुन सकेको थिएन।  आफुले पनि एउटा महानगर पाउनु पर्ने एकिकृत समाजवादीको अडान थियो भने कास्कीका नेताहरुले पोखरा छोड्न नसकिने बताउदै आएका थिए।  यसै विषयमा छलफल गर्न कांग्रेस सभापति शेर बहादुर देउवाले कास्कीका नेताहरुलाई काठमाडौँ बोलाएका थिए । देउवासँगको छलफलपछि कास्कीका कांग्रेस नेताहरु पोखरा छाड्न तयार भएका हुन् । छलफलमा देउवाले गठबन्धन बचाउनको लागि पोखरा छोड्नु पर्ने बाध्यता रहेको बताएका थिए ।आजको बैठकले  उपमहानगरको पनि बाँडफाँडको टुंगो लगाउने छ । सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागवण्डा केन्द्रबाट नै गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित सामग्री

प्रदेश सरकार हेरफेरमा निर्णायक बनेको राप्रपाको समर्थन कसलाई ? यस्तो छ रणनीति

राप्रपाले सत्ता गठबन्धन वा कांग्रेस कसलाई सघाउने भन्ने निर्णय नलिँदा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारमा अन्योल उत्पन्न भएको छ ।

सत्ता गठबन्धनको बैठक चल्दै, प्रधानमन्त्रीमा सहमति जुटाउने तयारी

काठमाण्डाै – नयाँ सरकार गठनका विषयमा निर्णय गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकमा गठबन्धनले नै मिलेर सरकार बनाउनुपर्ने र प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । कांग्रेस सभापतिसमेत रहनुभएका देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने अडान लिनुभएको छ भने प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने चेतावनी दिनुभएको छ । आजको बैठकपछि सत्ता गठबन्धन अघि बढ्छ कि टुट्छ भन्ने विषयमा पनि टुङ्गो लाग्ने नेताहरूले...

रुपन्देही–२ मा सत्ता गठबन्धन फेरि प्रतिस्पर्धामा

९ कात्तिक, बुटवल । रुपन्देही–२ मा सत्तारुढ गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई आधिकारिक उम्मेदवार तय गरेको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको प्रतिस्पर्धीका रुपमा गठबन्धनको उम्मेदवार रहेका एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनले कसलाई समर्थन गर्ला भन्ने कौतुहल थियो । अब यस क्षेत्रमा २०६४, २०७० र २०७४ को चुनाव […]

काभ्रेमा यसरी मिल्यो भागबण्डा, टिकट लिन पार्टीभित्रै रस्साकस्सी

काभ्रे : काभ्रेको प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका सिट बाँडफाँटमा सत्ता गठबन्धन दलबीच सहमति जुटेको छ। बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले काभ्रेको प्रतिनिधिसभा प्रत्यक्ष तर्फको दुवै निर्वाचन क्षेत्रको भागभण्डामा सहमति जुटाएको हो।सहमतिअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ नेकपा (माओवादी केन्द्र) ले लिनेछ भने २ नेपाली कांग्रेसको भागमा परेको छ। १३ स्थानीय तह र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काभ्रेमा २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्।निर्वाचन क्षेत्रको सिट बाँडाफाँटमा सहमति जुटेको भए प

संघ र प्रदेशको निर्वाचनसम्म सत्ता गठबन्धन टिक्दैन : एमाले नेता विश्वकर्मा

१७ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमाले भित्र प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नै नभएको स्पष्ट पार्नुभयो ।

काभ्रेमा भागबण्डा मिल्यो, कुन स्थानीय तह कसलाई ?

काठमाडौँ - काभ्रेमा सत्ता गठबन्धन दलबीच स्थानीय निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ ।  सत्ता गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केनद्रले १३ स्थानीय तहमा आज चुनावी तालमेल गरेर जाने सहमति गरेको हो ।  कांग्रेसको भागमा बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालि...

काभ्रेमा भागबण्डा मिल्यो, कुन स्थानीय तह कसलाई ?

काठमाडौँ - काभ्रेमा सत्ता गठबन्धन दलबीच स्थानीय निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ ।  सत्ता गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले १३ स्थानीय तहमा आज चुनावी तालमेल गरेर जाने सहमति गरेको हो ।  कांग्रेसको भागमा बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालि...

पार्टी फुटको असर छैन, गठबन्धनबिनै जित्छु : विजय सुवेदी

आगामी स्थानीय तह निर्वाचनका लागि चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन दल कसलाई उम्मेदवार बनाउने, कुन पार्टीबाट बनाउने भन्ने विवादमा अल्झिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो उम्मेदवार खडा गरेको छ । एमालेको तर्फबाट हाल बागमती प्रदेश सभा सदस्य रहेका विजय सुवेदी भरतपुर महानगर प्रमुखका लागि एमालेबाट उम्मेदवार हुने पक्का भएको छ । भरतपुर महानगर प्रमुखको उम्मेदवारीका लागि सत्ता गठबन्धन दलबाट भने माओवादी केन्द्र र काँग्रेस दुवै दलले आकांक्षा देखाएका छन् । हाल महानगर प्रमुख रहेकी रेन