हलेसीसहित तीन पर्यटकीयस्थललाई सांस्कृतिक संग्रहालय बनाउने घोषणा

काठमाडौं : सरकारले खोटाङको हलेसीसहित तीन पर्यटकीय स्थललाई सांस्कृतिक संग्रहालय बनाउने घोषणा गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले खोटाङको हलेसी तुवाचुङ क्षेत्र, मधेश प्रदेश मिथिला क्षेत्र र बाजुराको बडिमालिका क्षेत्रलाई खुला सांस्कृतिक संग्रहालयका रूपमा विस्तार गरिने जानकारी दिए। यस्तै लारुम्बा मुन्धुम, ट्रेल हलेसी तुवाचुङ, खुवालुङ आदी स्थान समेटेर किरात सांस्कृतिक सर्किटको निर्माण गरिने भएको छ। सरकारले कोशी प्रदेशको पाथीभरा, हलेसी, किरातीहरुको उद्गमस्थल तुवाचुङ र चतरा बराह क्ष

सम्बन्धित सामग्री

जालपामा सांस्कृतिक संग्रहालय स्थापना

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा सांस्कृतिक संग्रहालय स्थापना गरिएको छ । पुस्तौँदेखिको पुराना घरेलु सामग्री संकलन गरेर संग्रहालय स्थापना गरिएको हो ।

ताप्लेजुङको लिम्बू साँस्कृतिक संग्रहालय ओझेलमा

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा रहेको लिम्बू सांस्कृतिक संग्रहालय ओझेलमा परेको छ। प्रचारप्रसार अभाव र कमजोर व्यवस्थापनका कारण संग्रहालय ओझेलमा परेको हो। संग्रहालयमा लिम्बू समुदायको पुरातात्विक पहिचान संरक्षण गर्ने प्रयास भए पनि...

हलेसी तुवाचुङलाई सांस्कृतिक संग्रहालय बनाउने घोषणाले स्थानीय खुसी

खोटाङ – सरकारले खोटाङको हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारे पछि स्थानीय खुसी भएका छन्। संघीय संसदको संयुक्त बैठकमा सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा हलेसी तुवाचुङ नगरपालिकामा पर्ने हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारे […]

गाईजात्रा पर्वप्रति नयाँपुस्ता बेखबर

काठमाडौं । गाईजात्रा पर्वप्रति नयाँपुस्ता बेखबर जस्तै भएका छन् । काठमाडौं उपत्यका सांस्कृतिक संग्रहालय हो । विश्वका पर्यटक आकर्षित गर्ने पहिलो दृश्य भनेकै काठमाडौंका सांस्कृतिक सम्पदा हुन् । तर नयाँपुस्ताले मर्म आत्मसात नगर्दा गाईजात्राका यी दिनहरुमा समेत शहरको वातावरण खल्लो देखिने गरेको छ । नेवार समुदायको संस्कार र संस्कृतिले काठमाडौं उपत्यकाको साख उच्च छ । […]

सांस्कृतिक संग्रहालय भवन निर्माण सुरु

काठेखोला गाउँपालिका–४ तङ्ग्राम, काफलबोटमा सांस्कृतिक संग्रहालय भवन निर्माण सुरु गरिएको छ।

इलाममा सुनुवार सांस्कृतिक संग्रहालय भवन निर्माण

१६ फागुन, काठमाडौं । इलामको इलाम नगरपालिकामा सुनुवार सांस्कृतिक संग्रहालय भवन निर्माण गरिएको छ । इलाम नगरपालिका–३ पुवामझुवास्थित चैतेस्थित सुनुवारहरुको धार्मिक स्थल परिसरमा निर्मित संग्रहालयको आइतबार नगरप्रमुख महेश बस्नेतले उद्घाटन गरे । भवनको उद्घाटन गर्दै नगरप्रमुख बस्नेतले सीमान्तकृत वर्गका किरात सुनुवार समुदायको धार्मिक, भाषिक, सांस्कृतिक पक्षलाई पर्यटन व्यवसायसित जोडेर लैजानुपर्ने बताए । दुईतले संग्रहालय भवन […]

डोटीको जोरायलमा सांस्कृतिक संग्रहालय स्थापना

१९ साउन, डोटी । डोटीको जोरायल गाउँपालिका–१ पोखरीडाँडामा डोटेली कला, संस्कृति र पहिचान झल्कने संग्रहालयको स्थापना गरिएको छ । रानीवन सामुदायिक वन उपभोक्ता समूहले जिल्लाको परम्परा, कला, संस्कृति र पहिचान झल्कने सामग्रीसहितको संग्रहालयको स्थापना गरेको हो । आफ्नो डोटेली कला, संस्कृति, सभ्यता, परम्परा र इतिहास भावी पिँढीले पनि सहजै थाहा पाउन् भन्ने उद्देश्यले संग्रहालयको स्थापना […]

माडीका गन्धर्व समुदायका लागि बागमती सरकारले बनाइदियो घर र सांस्कृतिक संग्रहालय

७ साउन, चितवन । चितवनको माडीमा बागमती प्रदेश सरकारले गन्धर्व समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण गरेको छ । साथै उनीहरुको संस्कृति र भेषभूषाको संरक्षणका लागि गन्धर्व संग्रहालय तथा सांस्कृतिक केन्द्रसमेत निर्माण गरिएको छ । माडी नगरपालिका–८ कान्तिपुरमा गन्धर्व समुदायका लागि ४६ वटा नमुना घर बनाएर बिहीबार हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री […]

दुल्लुमा सांस्कृतिक संग्रहालय बन्ने

दुल्लुमा सांस्कृतिक संग्रहालय बन्ने भएको छ । नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख, विभिन्न मन्दिर, पाटी, पौवाजस्ता मूर्त संस्कृति र देउडा, धमारी, कर्काेजस्ता अमूर्त सांस्कृतिक सम्पदाको धनी दुल्लु क्षेत्रबाट संस्कृति लोप हुन थालेपछि नगरपालिकाले संग्रहालय बनाउन लागेको हो ।

दुल्लुमा सांस्कृतिक संग्रहालय

पश्चिम नेपालको सांस्कृतिक धरोहरका रूपमा रहेको दैलेखको दुल्लुमा सांस्कृतिक संग्रहालय बन्ने भएको छ । बाइसे–चौबीसे राज्यका