पूर्वी सिमाना काँकडभिट्टास्थित मेची पुल र पश्चिममा कञ्चनपुरको गड्डाचौकीबाट २२ दिनअघि ‘न्याय मार्च’मा निस्किएका मिटरब्याजपीडित टोली सोमबार धादिङको पिपलटार आइपुगेका छन् । राजधानी काठमाडौंमा केन्द्रित भएर आन्दोलन गर्न मिटरब्याज तथा ठगीविरुद्ध...
राजधानी आएर न्यायको माग गर्दै सडक प्रदर्शनमा उत्रिएका मिटरब्याजपीडित, सहकारीपीडित र लघुवित्त पीडितसँग सरकारले अनेक बुँदे सहमति गरिरहेको छ । उनीहरूका समस्यामाथि छानबिन एवम् समस्या (पनि) समाधान गर्न धेरैवटा आयोग, समिति र अध्ययन/नियमन टोली गठन भएका समाचार एकपछि अर्को आइरहेका छन् ।
गत चैतमा ११ दिन पैदल हिँडेर राजधानी आएका मिटरब्याजपीडितलाई सरकारले न्याय दिलाउने लिखितम् नै गराएर फर्कायो, तर एक वर्षसम्म न्याय नपाएपछि पीडितहरू फेरि सिंहदरबार गुहार्दै २३ दिन हिँडेर काठमाडौं आइपुगेका छन्
मिटरब्याजको...
देशका पूर्वी र पश्चिमी भूभागका मिटरब्याजपीडित न्यायको मागसहित पैदलै राजधानी काठमाडौं आइरहेका छन् । हजारौं सहकारी पीडितको करोडौं रकम सञ्चालकले हिनामिना गरेका तथ्यहरू सार्वजनिक भइरहेका छन् । मुलुकको आर्थिक अवस्थामा अपेक्षित रूपमा सुधार हुन सकेको छैन । तर, सरकारलाई खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल एमाले जनसरोकारका यी विषयहरूमा भने बेखबरजस्तै छ ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजपीडित किसानका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । मेची–महाकालीबाट सुरु भएको मिटरब्याजपीडितको काठमाडौंसम्मको यात्रालाई समर्थन गर्दै नेता खनालले पीडाबाट पूर्ण रूपले मुक्त बनाउने ढंगले कदम चाल्न र मिटरब्याज पीडकहरूलाई कडा कारबाही गर्नसमेत सरकारसँग माग गरेका हुन् । ‘मिटरब्याजपीडित किसानहरू […]
The post मिटरब्याजपीडित किसानका माग सम्बोधन गर्न सरकारसँग खनालको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्न पाँचबुँदे सहमति गरेको तेस्रो दिन सोमबार काठमाडौंमा पीडितले कृषि औजारसहित प्रदर्शन गरेका छन् । सिराहाबाट हिंडेर काठमाडौंमा आएको एउटा समूहले सरकारसँग वार्ता गरेको दुई दिनपछि मिटरब्याज पीडितकै अर्को समूहले काठमाडौंमा प्रदर्शन गरेको हो । सिंहदरबार अगाडि मिटरब्याजविरुद्ध कार्यक्रम गरेका उनीहरूले कीर्ते तमसुक खारेज गर्नुपर्ने, हडपेको आफ्नो जमिन […]
The post मिटरब्याजपीडित कृषि औजारसहित सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
महोत्तरीको बर्दिबासबाट चैत २ मा पैदल यात्रा थालेका मिटरब्याजपीडितहरू आइतबार काठमाडौं आइपुगेका छन् । सुदखोरले दिएको पीडाबाट मुक्ति दिलाउनुपर्ने र मिटरब्याजी तमसुक व्यवस्था खारेज गर्नुपर्ने माग सरकारलाई सुनाउन उनीहरू पैदल राजधानी आइपुगेका हुन् ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले बुधबार सर्लाहीमा यहाँका मिटरब्याज साहु र पीडितको अवस्थाबारे प्रारम्भिक जानकारी लिएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार कार्यालय स्थापना भएपश्चात् आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुवेदी बुधबार सर्लाही आएर मिटरब्याजपीडित, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा अधिकारी, दलका प्रतिनिधि, मिटरब्याजविरुद्धका अभियन्तालगायत अन्य सरोकारवालासँग छलफल गरी फर्किनुभएको हो ।