१२ भदौ, रोल्पा । रोल्पाको एक सामुदायिक विद्यालयमा तीन बेडको हेल्थ डेस्क स्थापना गरिएको छ । रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले तीन बेड सुविधासहितको हेल्थ डेस्क स्थापना गरेको हो । हेल्थ डेस्कमा २ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । विद्यालयले आफ्नै स्रोतबाट तलब सुविधा दिने गरी एक जना नर्स नियुक्त गरेको छ । […]