फागुनदेखि तारा एयरले इलाममा उडान गर्ने

काठमाडौं (अस) । तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा शुरू गर्ने भएको छ । इलाम नगरपालिका र तारा एयर प्रालिबीच सुकिलुम्बा विमानस्थल सञ्चालन गर्न सम्झौता भएअनुसार फागुन ८ देखि प्रत्येक आइतवार काठमाडौं–सुकिलुम्बा उडान हुने भएको हो । नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी कृष्ण शाहले पूर्वका पर्यटन व्यवसायी उत्साहित भएको बताए । उनका अनुसार नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फी भाडा रू. ८ हजार ७०० तोकिएको छ । सम्झौताअनुसार ११/११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ । नगरपालिकाले एकतर्फी भाडा तिरेर दुईतर्फकै उडानमा सहुलियत दिइएको समेत उनले बताए । ‘इलाम आफैमा राम्रो पर्यटकीय गन्तव्य हो, इलामलाई प्रकृति र संस्कृतिको संगम मान्ने गरिन्छ । त्यहाँ पर्यापर्यटन, कृषि–पर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ,’ उनले भने । हवाई सेवा नियमित हुन सके इलाम जाने पर्यटकको संख्या बढ्ने उनको दाबी छ । इलाममा सन्दकपुर, माईपोखरी, कन्याम–अन्तु सर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर आदि पर्यटकीय आकर्षणका केन्द्रका रूपमा रहेका छन् ।

सम्बन्धित सामग्री

चीलसँग ठोकिएर क्षति भएको तारा एयरको जहाज मर्मतपछि उडान भर्न सफल

सिमकोट – आकाशमा चीलसँग ठोकिएर क्षति पुुगी सिमकोट विमानस्थलमा ग्राउन्डेड भएको तारा एयरको ट्वीन्टर विमानको मर्मतपछि उडान भर्न सफल भएको छ। काठमाडौंबाट आएको प्राविधिकको टोलीले तीन दिन लगाएर जहाजको क्षति पुुगेको भाग मर्मत सम्पन्न भएपछि जहाजले उडान भर्न सफल भएको हो। तारा एयर सिमकोटका सहायक इन्चार्ज नुुर्बुु लामाले क्षति भएको जहाजको मर्मत भए पनि सिमकोटबाट […]

असोज ९ देखि रामेछाप–लुक्ला उडान

निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार गर्ने भएका छन् । रामेछाप–लुक्ला गन्तव्य उडानमा विदेशीका लागि एक सय ५७ अमेरिकी …

रामेछाप–लुक्ला उडान गर्दै निजी हवाई कम्पनी

निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप–लुक्ला उडान सुरु गर्ने भएका छन् । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार गर्ने भएका छन् । रामेछाप–लुक्ला गन्तव्य उडानमा विदेशीका लागि एक सय ५७ अमेरिकी डलर, भारतीयका लागि रु १२ हजार दुई सय ७५, नेपालीका लागि रु पाँच

रामेछाप-लुक्ला उडान गर्दै निजी हवाई कम्पनी

निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप–लुक्ला उडान सुरु गर्ने भएका छन् । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार […]

तारा एयर दुर्घटनापछि क्यानको एक्सन : इनरुटमा मौसम सफा नभएसम्म उडान अनुमति नदिने

१७ जेठ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अब प्रस्थान गर्ने विमानस्थल, पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’को मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने भएको छ । आइतबार तारा एयरको ट्वीनअटर जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाको मृत्यु भएसँगै प्राधिकरणले यस्तो निर्णय गरेको हो । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने […]

बाटो बिराएपछि उचाइ लिँदा चट्टानमा ठोक्कियो तारा एयर

काठमाडौं, जेठ १७ । पोखराबाट उडान भरेको तारा एयरको विमान १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो। विमानको अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेट जाँदा घोरेपानीको आकाशबाट सम्पर्क भएको थियो, त्यसपछि विमानबारे पत्तो लागेको थिएन। ताराको विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाइमा […]

निजी विमानले उडान रोक्दा यात्रुलाई सकस

जिल्लाको ताल्चामा अवस्थित रारा विमानस्थल नीजि हवाई जहाज नचल्दा केही दिन यता देखि यात्रु लाई सकस भएको छ । रारा विमानस्थलमा नियमित रुपमा उडान भर्दै आई रहेका निजी जहाजहरूले उडान  रोके पछि जिल्ला आउने र जिल्ला भन्दा बाहिर जाने यात्रुलाई सकस भएको होे । मुगुमा पछिल्लो समय तारा एयर , समिट एयर , र  सीता एयरले नेपालगन्ज विमानस्थल बाट रारा  विमानस्थलका लागि दैनिक रुपमा उडान भर्दै आई रहेका थिए ।सो जहाज मुगुमा उडान नभरी पुर्व तिर उडान भर्नाले यहाँका यात्रु लाई सास्ती भएको बताइएको छ । प्रत्येक

अब साताको दुईपटक इलाम–काठमाडौँ उडान

इलाम : इलाम नगरपालिका–९ मा निर्माण भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजबाट यती एयरलाइन्सको तारा एयरले नियमित उडान शुरु गरेको छ।तारा एयरको नाइन एन एलओले आजबाट सातामा २ पटक इलामबाट काठमाडौँ उडान भर्ने भएको हो। पहिलो व्यावसायिक उडानमा केही यात्रु र पर्यटन क्षेत्रका संस्थाका प्रमुख लिएर ११ बजे अवतरण भएको तारा एयर २ः२० मा फर्किएको थियो।बिहीबार र आइतबार नियमित उडान गर्ने तारा एयरले जनाएको छ। इलाम नगरपालिकाले प्रत्येक उडानका लागि ११ जना यात्रुको सुनिश्चिता गरेपछि तारा एयरले नियमित उडान शुरु

सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि नियमित उडान गर्दै तारा एयर

फागुन ४, ताप्लेजुङ । तारा एयरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा यही फागुन ११ गतेदेखि साताको दुई दिन उडान गर्ने भएको छ ।  निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एयरले साताको आइतवार र बिहीवार काठमाडौंबाट उडान गर्न लागेको हो । यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले धावनमार्ग कालोपत्र भई परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एयरको संयुक्त पहलमा उक्त विमानस्थलमा नियमित उडान गर्न लागिएको जानकारी दिए ।  विमानस्थलको धावनमार्ग कालोपत्र हुनुअघि २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जहाजले परीक्षण उडान गरेको थियो । फागुन ११ देखि काठमाडौंबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२:३० उडान गर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताए । काठमाडौंबाट इलामसम्मको उडान अवधि करीब एक घण्टाको हुनेछ ।  यसअघि गत माघ ३ गते इलाम नगरपालिका र तारा एयरबीच सुकिलुम्बा विमानस्थलमा उडान सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । सम्झौताअनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नु पर्नेछ । हवाई यात्राका लागि एकतर्फी भाडा रू. नौ हजार कायम गरिएको छ । त्यस्तै उडानका लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पर्यटन बोर्ड तथा तारा एयरको पहलमा नियमित उडान सञ्चालन गर्न लागेकामा आभार प्रकट गर्दै आगामी दिनमा यात्रुले सहुलियत दरमा नियमित सेवा पाउने विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्डका सदस्य एवम् पर्यटन व्यवसायी कृष्ण शाहले हवाई सेवा नियमित हुनसके इलाम जाने पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे ।  इलाममा सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेडपाण्डा पाइने वन  तथा इलाम सदरमुकाम, पशुपतिनगर आदि पर्यटकीय आकर्षणका केन्द्र हुन् । सुकिलम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किमलगायतका नागरिकलाई हवाईयात्राका लागि सहज हुनेछ । रासस

सुकिलुम्बा विमानस्थल सञ्चालनको तयारी

यसका लागि इलाम नगरपालिका र तारा एयर प्रालिबीच जहाज सञ्चालन सम्बन्धी सम्झौता भएको छ। अगामी फागुन ८ देखि प्रत्येक आइतबार उडान–अवतरण हुने निश्चित भएको हो।...