कञ्चनपुरको वेदकोट नगरपालिकामा कांग्रेस विजयी

कञ्चनपुर : वेदकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। वेदकोटको मेयर र  उपमेयरमा कांग्रेसका भोजराज बोहरा र तुलसी जोशी विजयी भएका हुन्।बोहराले आठ हजार ७८ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सुशीला सिंहले चार हजार ७४० मत प्राप्त गरिन्। माओवादी र समाजवादी गठबन्धनका उमेदवार रामचन्द्र रेग्मीले तीन हजार ८९८ पाए ।उपमेयरमा कांग्रेसकी तुलसी जोशी सात हजार २५४ मत ल्याएर विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पार्वतीकुमारी भट्टले ५७२७ मत ल्याइन्।

सम्बन्धित सामग्री

झापा गाउँपालिकामा कांग्रेस विजयी

झापाको झापा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी भएको हो। गाउँपालिकाको अध्यक्षमा जयनारायण साह विजयी भए। उनी यसअघि पनि गाउँपालिकाको अध्यक्ष थिए। साहले ६ हजार ९९८...

डोटीको केआईसिंहमा कांग्रेस विजयी

४ जेठ, डोटी । डोटीको केआईसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । सहायक निर्वाचन अधिकृत धर्मराज उपाध्यायले दिएको जानकारी अनुसार गाउँपालिकाको अध्यक्षमा  नेपाली कांग्रेसका उमेदवार लोकेन्द्रबहादुर शाही ४२६२ मतसहित विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेदवार केशवनाथ योगीले २६२१ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा पनि […]

जिराभवानीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

वीरगञ्ज- पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरी विजयी भएका हुन्। दुबै जनाले गाउँपालिकाका निवर्तमान अध्यक्ष नेकपा एमालेका रामपृत महतो र उपाध्यक्ष उषा देवी थरुनीलाई पराजित गरेका हुन्। गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरीले ४ हजार ५६० मत ल्याएर विजयी भएका […]

त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी हुनुभएको हो । बोहराले ४२२९ मत र नेपाल ४१५६ मतसहित विजयी हुनुभएको हो । अध्यक्षमा एमालेका अध्यक्ष मेघनाथ पौडेलले ३२६७ मत ल्याउनु भएको थियो भने उपाध्यक्षमा सबिता श्रेष्ठले ३८८९ मत ल्याउनुभएको थियो । माओवादीका अध्यक्ष बिर्खबहादुर […]

रोल्पाको लुंग्रीमा माओवादी र रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी

रोल्पाको लुंग्री गाउँपालिकामा माओवादी र रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी भएका छन् । लुंग्री गाउँपालिकामा यसअघिको कांग्रेस सत्ता उल्टाउँदै माओवादी केन्द्र विजयी भएको हो । विजयी माओवादीका भरतकुमार थापाले चार हजार...

रोल्पाको होलेरीमा कांग्रेस विजयी

रोल्पाको होलेरीमा रहेको रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी भएको छ। अध्यक्षमा कांग्रेसका जनक बुढाले ४ हजार ३ सय ९१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी माओवादीका गोबिन्द पुनले ३ हजार ७ सय ८ मत ल्याए।...

सल्यानको शारदा नगरपालिकामा कांग्रेस विजयी

सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएको हो । मेयरमा कांग्रेसका प्रकाश भण्डारीले ६ हजार एक सय २७ मत ल्याएर...

सल्यानको शारदा नगरपालिकामा कांग्रेस विजयी

सल्यान : सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएको हो। मेयरमा कांग्रेसका प्रकाश भण्डारीले ६ हजार १ सय २७ मत ल्याएर विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी मनोज प्रधानलाई १ हजार १ सय ९० मतको अन्तरले पराजित गरेका हन्।प्रधानले ४ हजार ९ सय ३७ मत ल्याएका छन्। २०७४ को स्थानीय चुनावमा प्रधान राप्रपाबाट उठेका थिए। यस्तै,उप मेयरमा कांग्रेसकै सुस्मिता सापकोटा सुनारले ५ हजार ३ सय ८० मत ल्याएर निर्वाचित भएकी छन्।उनका निकटतम

सल्यानको त्रिवेणीमा माओवादी–समाजवादी गठबन्धनलाई पराजित गर्दै कांग्रेस विजयी

सल्यानको त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका खिम बहादुर रावतले ३ हजार ३ सय ६९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।...

बर्दियाको बारबर्दिया नगरपालिकामा कांग्रेस विजयी

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका छबिलाल थारु बारबर्दिया नगरपालिकाको मेयरमा विजयी हुनुभएको हो । थारुले १३००६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, १२४९९ मत प्राप्त गरी उपमेयरमा रत्नकुमारी पाण्डे विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत लोक जंग शाहले जानकारी दिनुभयो । थारुका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार पदम प्रसाद ढकालले […]