काठमाडौं स्थित यातायात व्यवस्था कार्यालय सानो भ-याङबाट बिचौलियाको आरोपमा पक्राउ परेका ११ जनालाई प्रहरीले ‘अभद्र व्यवहार’ कसुरमा मुद्दा दर्ता गरेको छ । बुधवार पक्राउ गरिएका आरोपीहरुलाई जिल्ला प्रशासन कार्यालय कामाठमाडौंबाट अभद्र व्यहार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा उदयपुर घर भएका अजय मगर र सुरज मगर, सर्लाही घर भएका हेम बहादुर खपाङ्गी, रौतहट घर भएका विश्वबल्लभ लामा र सुवास