२१ जेठ, जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरबाट बिचौलिया आरोपमा एक जना प्रकाउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १९ का २६ वर्षीय पुनित यादव रहेका प्रहरीले जनाएको छ । बिचौलियाको काम गरिएको भन्ने गोप्य सूचनाको आधारमा आइतबार दिउँसो पक्राउ गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।