स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने

काठमाडौँ- स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छपाउने गरी तयारी थालेको हो ।  अन्तिम मतदातामा करिब एक करोड ७७ लाख मतदाता हुने अनुमान आयोगले गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी १३ गते अन्तिम मतदाता नामावली प्रकाशन […]

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन : चितवनमा तीन हजार ६०८ कर्मचारी खटिँदै

स्थानीय तह निर्वाचनका लागि चितवनमा तीन हजार ६०८ कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिँदै छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमा ती कर्मचारी खटिँन लागेका हुन् ।निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । मतदान अधिकृतको तालिम सम्पन्न गरी आजदेखि मतदान केन्द्रमा खटाइएको हो । आज साँझसम्ममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने जनाइएको छ । निर्वाचनका लागि आएको मतपत्र, मतपेटिका सहितको ६१ प्रकारका सामग

मतपत्र छपाइ सकियो, आज सबै जिल्लामा ढुवानीको काम सकिन्छ : निर्वाचन आयोग

स्थानीय तह निर्वाचनका लागि मतपत्रको छपाइ सम्पन्न भएको छ । आज शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेस प्रदेशका जिल्ला बाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको हो ।आयोगले निर्वाचनका लागि स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक खटाइएको कर्मचारीलाई तोकिएको

स्थानीय तह निर्वाचन : ३५३ जना निर्विरोध निर्वाचित, ६४ जिल्लामा पुग्यो मतपत्र

काठमाडौ : स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगको कार्यतालिकाअनुसार यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय दिइएकामा जाँचबुझ र फिर्ता लिने समय सकिएपछि यही १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको…

२२ जिल्लामा मतपत्र पठाइयो

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि ८८ प्रतिशत मतपत्र छापिसकेको बताएको छ । आयोगले २२ जिल्लामा मतपत्र पठाउने कामसमेत सम्पन्न गरिसकेको जनाएको छ । आयोगका अनुसार २२ जिल्लामा ३४ लाख थान मतपत्र पठाएको छ । आयोगले बुधबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुुर, बझाङ, कैलाली, दार्चुला र डडेलधुरामा मतपत्र पठाएको […]

स्थानीय तह निर्वाचन : ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापियो

काठमाडौँ – आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि २४ जिल्लाको मतपत्र छापिन मात्रै बाँकी छ । निर्वाचन आयोगका अनुसार ५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौँमा निर्वाचन सामाग्रीसमेत पठाइसकिएको छ । ‘वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छपाइको काम सकिएको […]

४६ जिल्लाका लागि ९५ लाख मतपत्र छापियो

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि हालसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म उक्त संख्यामा मतपत्र छापिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।स्थानीय तह निर्वाचन आचारसंहिता उल्लंघन भएको […]

स्थानीय तह निर्वाचन : सबै मतगणना स्थलमा सिसिटिभी जडान हुने

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा सबै मतगणना स्थलमा सिसिटिभी जडान हुने भएको छ । निर्वाचन आयोगले आज (बिहीबार) आयोजना गरेको पत्रकार सम्मेलनमा मतगणना स्थलको हकमा सबै ठाउँमा सिसिटिभीको व्यवस्था गराइने जानकारी दिएको हो । सिसिटिभी स्थानीय तहले राख्ने र आयोगले मनिटरिङ गर्नेछ । यस्तै, निर्वाचनका लागि २ करोड मतपत्र छापिने जनाउँदै आयोगले आज आयुक्तहरुले […]

मतपत्र छपाइको सुरक्षा जिम्मा सेनालाई, स्ट्राइकिङ र मोबाइल गस्तीमा सशस्त्र

काठमाडौँ । स्थानीय तह निर्वाचनमा मतपत्र छपाइको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको छ । केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतपत्र छपाइसम्बन्धी सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । शुक्रवार गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समिति […]

निर्वाचनको एक महिनाअघि मतपत्र छापिने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै मतपत्र छपाइ सुरु गर्ने जनाएको छ । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्ति गर्न सम्झौता गरिसकेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रमबमोजिम मतदानको १५ दिनअघि छ हजार ७४३ वडामा मतपत्र पुर्‍याउन समस्या हुने भएकाले पहिले नै मतपत्र छाप्ने प्रक्रिया सुरु हुने बताए । आयोगले मतदान हुनुभन्दा १७ दिनअघि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । मतपत्रमा अन्तिम नामा

यस्तो छ स्थानीय तह निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गरेको छ । सम्बन्धित पालिकामा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरी निर्वाचनलाई मितव्ययी बनाउन प्रयास गरिएको आयोगमा आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । मतपत्र छपाइका …