एयरलाइन्समा नेपालकै दुग्ध उत्पादन प्रयोग गराउन निर्देशन

काठमाडौं, जेठ ९ । एयरलाइन्समा नेपालमै उत्पादित दुग्ध पदार्थ प्रयोग गराउन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले निर्देशन दिएकी छिन् । शनिवार राष्ट्रिय दुग्ध संस्थानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले एयरलाइन्सहरूमा नेपालमै उत्पादित बटर, दही, चीज, छुर्पी लगायत दुग्ध पदार्थ प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् । कार्यक्रममा मन्त्री अर्यालले आफूले नेपाल वायुसेवा निगमसँग […]

सम्बन्धित सामग्री

आत्मनिर्भर हुन लागेका वस्तुको आयात रोक्न सुझाव

राष्ट्रिय किसान आयोगले आत्मनिर्भर हुन लागेका वस्तुको आयातमा रोक लगाउनुपर्ने सुझाव सरकारलाई दिएको छ । आयोगले केही दिनदेखि कृषि क्षेत्रका विभिन्न सरोकारावालासँग गरेको अन्तक्र्रियापछि सरकारलाई दिएको २६ बुँदे सुझावमा सो कुरा उल्लेख गरिएको छ । आत्मभनिर्भर भएका कृषि वस्तुमा आयात रोकिनुपर्ने र वितरण प्रणालीलाई चुस्त दुरुस्त बनाइनुपर्ने उल्लेख छ । अन्तक्र्रियापछि आयोगद्वारा जारी गरिएको विज्ञप्तिमा मल, बीउ, सिँचाइ, भण्डारणलगायतका कृषि कार्यमा प्रयोग हुने विद्युत्मा ७५ प्रतिशत अनुदानको व्यवस्था गरिनुपर्ने, कृषि क्षेत्रमा लगानी वृद्धि गर्न २ प्रतिशत ब्याजमा ऋण प्रदान गरिनुपर्ने सुझाव छ । कृषि औजार र साधनमा पूर्ण रूपमा भन्सार छुटको व्यवस्था गरिनुपर्ने, गरिब तथा श्रमजीवी किसानलाई रासन कार्डको व्यवस्था गरी दैनिक उपभोग्य वस्तुको उपलब्धता गराइनुपर्ने र कृषिको योगदानअनुसार बजेट विनियोजन गरिनुपर्ने पनि आयोगले सुझाएको छ । दुग्ध उत्पादन किसान, व्यवसायी र दुग्ध उद्योगहरूलाई सहुलियत कर्जा उपलब्ध गराउन सरकारसँग आयोगले अपिल गरेको छ ।