मोरङ – विराटनगरको पशुपति ज्वेलर्सबाट ठूलो परिमाणमा अवैध गरगहना बरामद भएको विराटनगर रानीस्थित भन्सार कार्यालयले जनाएको छ। कार्यालयका अनुसार बिहीबार सरकारी टोलीले विराटनगर महानगरपालिका–११ स्थित ज्वेलर्समा छापा मार्दा अवैध रुपमा बनेका सुनचाँदीका गरगहना बरामद भएको हो। विश्वजीत जाना प्रोप्राइटर रहेको ज्वेलर्समा भारतबाट भन्सार छलेर भित्र्याएका गरगहना बिक्री गर्ने गरेको सूचनाका आधारमा टोलीले छापा मारेको थियो। […]