सशस्त्र प्रहरीद्वारा चाँदी र गरगहना बरामद

बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१६ चौलिका चोकबाट सशस्त्र प्रहरीले करीब ८ लाख ६८ हजार रुपैयाँ बराबरको १० किलोग्राम ८०७ ग्राम चाँदी तथा चाँदीको गरगहना बरामद गरेको छ । यूपी ३२ ईके ८१९६ नम्बरको भारतीय मोटरसाइकलमा सवार व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडी फरार भएपछि मोटरसाइकलमा जाँच गर्दा चाँदी फेला पारेको जनाइएको छ ।

सम्बन्धित सामग्री

एक करोड मूल्यको सुनचाँदीसहित चार पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले एक करोड रुपियाँ बढी मूल्यको अवैध सुनचाँदीका गरगहना बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले सुन ४०७ ग्राम, चाँदी १०.६१३ किलोग्राम र सवारीसाधन सहित एक करोड पाँच लाख तेत्तिस हजार चार सय सड्चालिस रुपियाँ मूल्यको गरगहना बरामद गरिएको जानकारी दिनुभयो ।

३६ लाख बराबरका सुन र चाँदीका गहना बरामद

धनगढी उपमहानगरपालिका–२ त्रिनगर (कैलाली कञ्चनपुरको सिमाना) बाट सशस्त्र प्रहरीले आज ३६ लाख बराबरका सुन र चाँदीका गहना बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालय कैलाली, बिओपी त्रिनगर र बिओपी डोकेबजारबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको रु ३६ लाख आठ हजार ४९० बराबरका सुन तथा चाँदी गहनाहरू बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।बरामद गरी गरगहना राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउने प्रक्रिया भइरहेको बताइएको छ ।

५५ लाखको गहना सहित दुई पक्राउ

दैलेख : दैलेख प्रहरीले ५५ लाख बराबरको गरगहना सहित दुईजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा कैलालीको नारायणपुर गाउँपालिका साबिक–९ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बस्ने डम्बरप्रसाद ढुङ्गाना र कैलाली टीकापुर नगरपालिका–९ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ बस्ने २६ वर्षीय दीपक पाण्डे रहेका छन्।सोमबार पक्राउ परेका उनीहरूको साथबाट ५५ लाख ४० हजार १३९ रुपैयाँ बराबरको चाँदी जस्तो देखिने गरगहना लगायत विभिन्न सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्र

५५ लाख बराबरको सामाग्री बरामद

जिल्ला प्रहरी कार्यालय दैलेखले ५५ लाख ४० हजार १३९ मूल्य बराबरको चाँदी जस्तो देखिने गरगहना बरामद गरेको छ । सोमबार सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे१च ३२१३ नम्बरको डबल क्याप बोलेरोमा अवैध सामानहरू बोकी ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा गाडी नियन्त्रणमा लिइ खोजतलास गर्दा उक्त गरगहना बरामद गरेको प्रहरीले जनाएको छ ।