पोर्नोग्राफीको केसमा मुछिएका भारतीय व्यापारी राज कुन्द्रा र उनका आईटी प्रमुख रायन थोर्पलाई आगामी सोमवारसम्मका लागि प्रहरी हिरासतमा पठाउन अदालतले आदेश दिएको छ ।
मोबाइल यापमा अवैध तरिकाले पोर्न फिल्महरू देखाएको आरोपमा कुन्द्रा र उनका सहयोगीहरू प्रहरी हिरासतमा छन् । उनीहरूलाई प्रहरीले अनुसन्धानका लागि अदालतको निर्णयबमोजिम म्याद थप गरेर हिरासतमा राखेको हो ।