एक दर्जन पर्यटक कञ्चनजंघा बेसक्याम्प घुमफिरमा

कंञ्चनजंघा बेसक्याम्प घुमफिर गरि फर्किएका ३ जना विदेशी नागरिक शनिबार विमान चार्टर गरेर काठमाडौं फर्किएका छन् । सीता एयरको जहाजमार्फत दिउँसो २ बजे काठमाडौं फर्किका हुन् । २ जना स्विस र १ जना फ्रान्सका नागरिक हुन् । लकडाउनका कारण उनीहरु सुकेटारस्थित होटलमा ३ दिनयता बस्दै आएका थिए । माउन्टेन एयरको हेलिकप्टर पनि शनिबार नै काठमाडौं लगिएको छ । जिल्लास्थित सदरमुकाम–पाथीभरा दर्शनार्थी बोकेर उडान गर्ने गरेको थियो । हेलिकप्टर एक सातादेखि सदरमुकाममै राखिएको थियो ।

सम्बन्धित सामग्री

पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा

पाल्पा– कालीगण्डकी नदीको किनारमा अवस्थित वशिष्ठ गुफा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने भएको छ । यसका लागि  विभिन्न संरचना बनाएर व्यवस्थित गरिन लागिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ स्थित भुलादीखोलाको भुद्रङ्गघाटमा रहेको गुफालाई स्थानीय सरकारले व्यवस्थित गर्न पछिल्लो समय विभिन्न पूर्वाधार निर्माणमा जोड दिएको छ । भुलादीखोलाको किनारमा करिब एक दर्जन बढी गुफा […]

‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो

बेनी, २८ वैशाख । घना जङ्गलको शीरमा रहेको धुरीबाट दन्तेलहरजस्तै हिमाल देखिन्छन् । समुद्र सतहदेखि तीन हजार तीन सय १३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ ‘मोहरेडाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृष्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । दर्जन बढी हिमाललाई एउटै प्राकृतिक भ्यू प्वाइन्टबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय मोहरेडाँडाको अवलोकनका लागि जाने […]

सुकाधापमा पर्यटक भित्र्याउन महोत्सव

पाँचथर – करिब दुई किलोमिटर दूरीमा ठूला छवटा र एक दर्जन बढी स–साना पोखरी । सबैका आ–आफ्नै विशेषता र बनावट । वरिपरि गुराँस, चिमल र चाँपका रुखको घना जङ्गल । थरिथरिका गुराँसले मन तानिरहने । बीच–बीचमा चौँरी र गाईको चरन रहेका हरिया फाँट । चौँरी र गाईका गोठबाट निस्कने धुँवा र घन्टीको आवाजको माधुर्यता पनि […]

दुई दर्जन पर्यटक सम्पर्कविहीन

हिमाली क्षेत्र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा समस्यामा परेका पर्यटकहरूको उद्धार भइरहेको छ । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पदयात्रामा पर्यटक बीचबाटोमै अलपत्र परेका हुन् । पर्यटन व्यवसायीका अनुसार विभिन्न क्षेत्रमा गएका करिब दुई दर्जन पर्यटक सम्पर्कविहीन अवस्थामा छन् ।

आधा दर्जन बढी मुलुकको पर्यटक आगमनमा सुधार

कोरोना भाइरस संक्रमण फैलनुअघि २०१९ को मे महिनामा नेपालमा ७ हजार २ सय ६६ जना अमेरिकी पर्यटक भित्रिएका थिए, तर २०२२ को मे महिनामा त्यो संख्या ७ हजार २ सय ७४ मा उक्लियो। २०१९ को मेको तुलनामा २०२२ को मेमा नेपालमा आठजना अमेरिकी पर्यटक थपिए।...

आधा दर्जन बढी मुलुकको पर्यटक आगमनमा सुधार

कोरोना भाइरस संक्रमण फैलिनु अघि २०१९ को मे महिनामा नेपालमा ७ हजार २ सय ६६ जना अमेरिकी पर्यटक भित्रिएका थिए।...

लुम्बिनीमा आगलागी, एक दर्जन उपहार पसल जले

२ पुस, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा आगलागी हुँदा एक दर्जन उपहार पसल जलेर नष्ट भएका छन् । गएराति साढे एक बजेतिर लागेको आगलागीबाट पर्यटक लक्षित १२ वटा उपहार पसल जलेर नष्ट भएको लुम्बिनी शोभिनियर सपका सञ्चालक पिन्टु बानियाले बताए । त्यहाँ रहेका माला, मूर्ति, ढाका, हस्तकला लगायतका पसलमा भएको आगलागीबाट ७० लाख रुपैयाँ बराबर […]

रानीमहल घुम्न गएका पर्यटक अलपत्र

पाल्पा – पाल्पामा दुई दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण रानीमहल घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पहिरोका कारण रानीमहल घुम्न जाने र घुमेर फर्कने पर्यटक बाटोमै रोकिएका हुन् । निरन्तरको वर्षाका कारण तानसेन रानीमहल सडक खण्ड २४ घण्टादेखि अवरुद्ध छ । स्थानीय वसन्त कुवरका अनुसार रानीमहल सडक खण्डको आधा दर्जन बढी स्थानमा […]

अनअराइभल भिसाले पर्यटक बढे, जोखिम कति ?

सरकारले केही दिन पहिले एक दर्जन बाहेकका देशका नागरिकलाई ‘अनअराइभल भिसा’को व्यवस्था गरेपछि पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको छ । कोभिड–१९ महामारीको जोखिमकैबीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको हो । नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले उपलब्ध …

उदयपुरमा दर्जन पर्यटक गन्तव्य स्थल

नेपाल भ्रमण वर्ष–२०२० मनाइरहदा उदयपुरमा रहेका दर्जन बढी पर्यटकीय स्थलको प्रचार–प्रसार गर्न थालिएको छ । जिल्लामा धार्मिक तथा ऐतिहासिक महत्व बोकेका दर्जन बढी पर्यटकीय स्थानमा पर्यटक आकर्षण गर्ने गरी तिनको प्रचार–प्रसार थालिएको हो । पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थानहरू रौता पोखरी, चौदण्डीगढी दरबार क्षेत्र, उदयपुरगढी, ताप्ली पोखरी, चताराघाटदेखि भोजपुरको लेगुवासम्मको मोटर बोट, उदयपुर सिमेन्ट उद्योग, पूवाञ्चलकै उच्च स्थानमध्येको एक नामेटारको २३ सय मिटर अग्लो चित्रेथाम, २ हजार मिटर अग्लो माझखर्क, सदरमुकाम गाईघाटको ज्ञानविज्ञान कुन्ज, श्रमिक पार्कलगायत दर्जन स्थानहरू पर्यटकलाई आकर्षित गर्न सक्ने भएकाले भ्रमण वर्षको अवसर पारेर प्रचारप्रसार गर्न थालिएको स्थानीय निकायका प्रतिनिधिको भनाइ छ ।