एमसीसी भोलिदेखि कार्यान्वयनमा

काठमाडौं : नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मंगलबार देखि कार्यान्वयनमा जाने भएको छ। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, एमसीसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) ले मंगलबारदेखि एमसीसी कार्यान्वयनमा जाने जनाएको छ। एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार एमसिसीको कार्यावधि कार्यान्वयनमा प्रवेश गरेको दिनदेखि पाँच वर्षको हुने छ।अधिकांश पूर्वशर्त पूरा&

सम्बन्धित सामग्री

एमसीसी राजपत्रमा छापियो, अब कार्यान्वयनमा आउने

काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बिच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ । दुई महिनाअघि प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको सम्झौता राजपत्रमा प्रकाशित भएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा प्रकाशित गरेसँगै उक्त सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । नेपालको आर्थिक विकास र गरिबी निवारण […] The post एमसीसी राजपत्रमा छापियो, अब कार्यान्वयनमा आउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसी कार्यान्वयनमा तलमाथि भए आन्दोलन : प्रचण्ड

विराटनगर-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्याख्यात्मक घोषणासहितको एमसीसी कार्यान्वयनमा तल–माथि भए पुनः आन्दोलन हुने चेतावनी दिएका छन् ।आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी अध्यक्ष दाहालले व्याख्यात्मक घोषणासहितको एमसीसी कार्यान्वयनका क्रममा तल–माथि गर्न खोजिए पुनः आन्दोलन हुनसक्ने चेतावनी दिएका हुन् । अध्यक्ष दाहालले तत्कालका लागि एमसीसीको विषय टुंगो लागिसकेको स्पष्ट पारे । “तत्कालका लागि एमसीसीको विवाद […]

एमसीसी परियोजना प्रभावकारीरूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड

नेपाल चेम्बर अफ कमर्सले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको परियोजना प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । प्रतिनिधिसभाबाट अनुमोदन भएपछि एमसीसी  मुख्यालयले पनि स्वीकार गरिसकेकाले अव कार्यान्वयन पाटो चुस्त बनाउनुपर्नेमा चेम्बरले जोड दिएको हो । प्रसारण लाइन निर्माणले मुलुकको विद्युत व्यापारलाई टेवा प्रदान गर्ने हुँदा एमसीसी आएसँगै उर्जा क्षेत्रमा लगानी बढ्ने आशा चेम्बरको छ । यस्तै, सडक पूर्वाधारको स्तरोन्नतिले व्यापारमा सहजीकरण ल्याउने भएकाले परियोजना कार्यान्वयनमा ल्याउन चेम्बर

एमसीसी परियोजना कार्यान्वयनमा लैजान विभिन्न पदमा कर्मचारीहरू माग

काठमाडौँ । एमसीसीका कम्प्याक्ट सम्झौता अनुमोदन भएसँगै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले विभिन्न पदमा कर्मचारीहरू माग गरेको छ । एमसीसी परियोजना कार्यान्वयनमा लैजान तयारीका लागि सडक मर्मत तथा प्रविधि सहायतातर्फको परियोजना व्यवस्थापकदेखि ड्राइभर तथा कार्यालय सहयोगीसम्मका पदमा जागिर खुलाएको छ । एमसीए नेपालले असिस्टेन्ट इन्जिनियर (सब स्टेसन), अनुगमन मूल्याङ्कन तथा आर्थिक विष्लेषण गर्ने […]

एमसीसी अनुमोदन, तर कार्यान्वयनमा चुनौती कायमै

हस्ताक्षर गरेको करिब ५४ महिनापछि मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौतालाई नेपालको प्रतिनिधिसभाले आइतबार अनुमोदन ग¥यो । २०७४ भदौ २९ गते नेपालको अर्थ मन्त्रालयका अधिकारीहरूले अमेरिका पुगेरै यो सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा सरकारले हस्ताक्षर गरेपछि निम्तिएको विवादले नेपाललाई प्राप्त अहिलेसम्मकै ठूलो अनुदान सहायता गुम्ने चुनौती बढेको थियो ।यसबीच एमसीसी सम्झौताको विरोध गर्ने पक्षहरूले सडक प्रदर्शन, विस्फोटक पदार्थ प्रयोगदेखि नेपाल बन्द घोषणासम्म गरिसकेका छन् । सम्झौ

संसद्लाई झुक्याइए पनि एमसीसी अब कार्यान्वयनमा जानुपर्छः ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी अब कार्यान्वयनमा जानुपर्ने बताएका छन्। एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदबाट पारित भइसकेपछि अब  एमसीसीलाई कार्यान्वयनमा लैजानु पर्ने बताएका हुन्। उनले भने, ‘एमसीसी संसदबाट पारित भइसकेपछि कार्यान्वयन नगर्ने भन्ने हुन्न। सरकारले पास गर्न प्रक्रियागत गल्ती गर्‍यो। संसदलाई पनि झुक्याइयो। संसदलाई विचार […]

एमसीसी कार्यान्वयनमा आउन अझै डेढ वर्ष !

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्ताव प्रतिनिधिसभाबाट अनुमोदन भए पनि परियोजना निर्माणको काम तत्काल अगाडि बढ्ने अवस्था छैन । एमसीसी कार्यान्वयनका लागि राखिएका पूर्वशर्त अझै बाँकी रहेकाले तत्काल निर्माणको चरणमा प्रवेश गर्ने अवस्था नरहेको हो ।एमसीसी कार्यान्वयनका लागि विद्युत् प्रसारण लाइन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्नुपर्ने, विद्युत् नियमन आयोग ऐन लागू गरी उक्त आयोग गठन गर्नुपर्ने शर्त थियो । त्यस्तै, कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्नुपर्ने, नेपाल–भा

सरकारका प्रवक्ता भन्छन् : भ्रमहरु चाँडै दूर भएर एमसीसी कार्यान्वयनमा जान्छ

२३ माघ, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चाँडै कार्यान्वयनमा जाने बताएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटपछि मन्त्री कार्कीले यस्तो विश्वास व्यक्त गरेका हुन् । अमेरिकाले दिएको […]

एमसीसी छिटो अनुमोदन गर्न आग्रह

उद्योगी–व्यवसायीहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट जतिसक्दो छिटो अनुमोदन गर्दै कार्यान्वयनमा लैजान सरकारसमक्ष आग्रह गरेका छन् । राजनीतिक मतभेदभन्दा अगाडि राष्ट्रिय हितलाई राख्न अनुरोध गर्दै उनीहरूले एमसीसी सम्झौता कार्यान्वयनमा आउन सकेमा महामारीबाट समस्यामा परेको नेपाली अर्थतन्त्रलाई राहत पुग्ने दाबीसमेत गरेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्दै नेपाल उद्योग वाणिज्य महासंघसहित नेपाल अमेरिका उद्योग वाणिज्य […]