नेपाल चेम्बर अफ कमर्सले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको परियोजना प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । प्रतिनिधिसभाबाट अनुमोदन भएपछि एमसीसी मुख्यालयले पनि स्वीकार गरिसकेकाले अव कार्यान्वयन पाटो चुस्त बनाउनुपर्नेमा चेम्बरले जोड दिएको हो । प्रसारण लाइन निर्माणले मुलुकको विद्युत व्यापारलाई टेवा प्रदान गर्ने हुँदा एमसीसी आएसँगै उर्जा क्षेत्रमा लगानी बढ्ने आशा चेम्बरको छ । यस्तै, सडक पूर्वाधारको स्तरोन्नतिले व्यापारमा सहजीकरण ल्याउने भएकाले परियोजना कार्यान्वयनमा ल्याउन चेम्बर