दोषीलाई कारबाहीको माग गर्दै चक्काजाम

मलंगवा : बलात्कारका आरोपीलाई कारबाहीको माग गर्दै सर्लाहीमा बिहीवार पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।स्थानीय बासिन्दाले हरिवन नगरपालिका–९ दनुवारीका नारायण गौतमले ११ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार प्रयास गरेको आरोप लगाउँदै राजमार्ग अवरुद्ध गरेका हुन्। उनीहरूले आरोपी गौतमलाई पक्राउ गरी कारबाहीका लागि न्यायालयमा लैजान माग गरेका छन्। पीडक गौतमलाई बचाउन स्थानीय प्रहरी जनप्रतिनिधि र दलका नेताहरू लागि परेको भन्दै पीडितका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन्।पीडितका आफन्तका

सम्बन्धित सामग्री

विद्यालयको लापरबाहीले छात्रको ज्यान गएको भन्दै प्रदर्शन

सप्तरी । विद्यालय प्रशासनको लापर्बाहीले एक विद्यार्थीको मृत्यु भएको भन्दै शुक्रबार बिहानैदेखि पीडित पक्षले राजविराज–कुनौली सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । मृतकका आफन्त तथा आक्रोशित विद्यार्थीहरूले उचित क्षतिपूर्ति तथा लापर्बाही गर्ने प्रिन्सिपल र शिक्षकमाथि कारबाहीको माग गर्दै आक्रामक ढंगले प्रदर्शन गरेका हुन् । आक्रोशित विद्यार्थीहरूले बिहानैदेखि चक्काजाम, नाराबाजी तथा विद्यालयमा ढुंगामुढा सुरु गरे । […] The post विद्यालयको लापरबाहीले छात्रको ज्यान गएको भन्दै प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ट्रकको ठक्करबाट विद्यार्थीकाे मृत्यु भएकाे घटनालाई लिएर नेपालगञ्जमा ‘चक्काजाम’

नेपालगञ्ज – ट्रकको ठक्करबाट साइकलयात्री विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर नेपालगञ्जमा चक्काजाम गरिएको छ। नेपालगञ्जको होप स्कूलमा १२ कक्षामा पढ्ने दैलेखका रत्नबहादुर दर्लामीको शनिबार ना ७ ख १७ नम्बरको ट्रकको ठक्करबाट मृत्यु भएको थियो। साइकलमा रहेका दर्लामीलाई न्यूरोडस्थित भानुभक्तचोकमा ट्रकले ठक्कर दिएको थियो। घटनाका दोषीलाई कडा कारबाहीको माग राख्दै विद्यार्थीले नेपालगञ्जका ठाउँठाउँमा बसेर चक्काजाम गरेका […]

पौडेल हत्याकाण्ड : न्याय माग्दै पीडित सडकमा

बारा : बाराको जीतपुर सिमरा उपमहानगरपालिका–६ का ३८ वर्षीय राकेशभक्त पौडेलको हत्यामा संलग्नलाई सार्वजनिक गर्न माग गर्दै स्थानीयले चक्काजाम गरेका छन्।हत्याको २२ दिन बित्दा पनि दोषी पत्ता लगाउन प्रहरी चुकेको भन्दै पीडित परिवारसहित स्वतस्फुर्त सडकमा उत्रिएका स्थानीयले बाराको जीतपुर चोकमा शुक्रबार मध्याह्न १२ बजेदेखि चक्काजाम गरेका हुन्। उनीहरूले घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारबाहीको माग गरेका छन्।प्रहरीका अनुसार स्थानीय चुनावको एक दिनअघि मौन अवधिको समयमा आयोजित भोजभतेरका क

पुल बनाउने माग गर्दै स्थानीयद्वारा चक्काजाम

बागमती नदीमा निर्माणाधीन पुलमा स्थानीय सरकारको मिलोमतोमा अनियमितता भएको भन्दै रौतहटको समनपुरमा स्थानीयबासीले कारबाहीको माग गर्दै चक्काजाम गरेका छन्। विकासको विषयलाई लिएर स्थानीयले चक्काजाम गरेको यो पहिलोपटक हो।

नेपालगञ्जमा कांग्रेसको विरोध प्रर्दशन

केही दिनअघि बाँकेको खजुरास्थित सीतापुरमा भएको घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै नेपालगञ्जमा विरोध प्रदर्शन गरिएको छ । शुक्रबारदेखि जारी आन्दोलन अन्तर्गत मंगलबार नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दलले धम्बोजी चोकमा टायर बालेर बिरोध जनाएको हो । २ घन्टा चक्काजाम सहित गरेको विरोध प्रदर्शनमा नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयबाट शुरु भएको दबाब ¥याली बिपि चोक हुँदै धम्बोझी पुगेर कोणसभामा परिणत भएको थियो ।