काठमाडौं : चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानको चुनौती ३–० ले पन्छाउँदै साविक विजेता भारतले नेपालमा मंगलबार शुरु भएको छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको समूह ए को पहिलो खेलमा भारतले ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानमाथि ३-० गोलको जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो।शुरुवातबाट नै पाकिस्तानमाथि दबाब दिएर खेलेको भारतले पाकिस्तानविरुद्ध शुरुवाती अग्रता भने उपहार गोलबाट लिएको थियो। खेलको २१