संखुवासभा – संखुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने मतदान अधिकृतसहित १७ जना कारबाहीमा परेका छन् ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लङ्घन गर्ने मतदान अधिकृत ६ जना र सहायक कर्मचारीहरु ११ जना गरी कूल १७ जनालाई कारबाही गरिएको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक चिरञ्जिवी अधिकारीले बताउनुभयो । उहाँका अनुसार, आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गरी हटाइएको हो ।
कारबाहीमा पर्ने मतदान अधिकृतहरु सबै शिक्षकहरु हुन् । यस्तै सहायक कर्मचारीहरुमध्ये पनि १० जना शिक्षक र एक जना न...